‘बिबिएल’ खेल्नको लागि आज अस्ट्रेलिया जादै सन्दीप

३० मंसिर २०७७, मंगलवार/ काठमाडौं । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने बिग बास लिगका लागि अष्ट्रेलिया जादै छन । सन्दीपका म्यानेजर रमण सिवाकोटीका अनुसार मंगलवार उनी कतार एयरवेजको बिमान मार्फत नेपाली समय अनुसार बिहान ११ बजे अस्ट्रेलिया प्रस्थान गर्नेछन । बिबिएलमा सन्दीप होर्बट हरीकेन्सबाट खेल्ने भएका छन ।

अस्ट्रेलिया पुगेपछि सन्दीप १४ दिन क्वारिन्टाईनमा बस्नेछन त्यहा उनको पिसिआर परिक्षण हुनेछ । पिसिआर रिर्पोट आएपछि मात्र उनी होर्बट हरीकेन्स टोलीसँग जोडिने छन । बिबिएल सुरु भईसकेको छ । यस अवधिमा उनले लिगका सुरुवाती ६ खेलहरु गुमाउनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *