रमेशराज भट्टराईको ‘बहुला ३’ मा दुर्गेश र सुप्रिमा फिचर्ड, यस्तो बन्यो भिडियो…

३० मंसिर २०७७, मंगलवार/ काठमाडौं । नेपाली गीत सङ्गीतको क्षेत्रमा हरेक विधाको गीत गाउने तथा सिर्जना गर्न सक्ने कलाकार नगण्य मात्रामा छन् । ती मध्येका एक हुन् रमेशराज भट्टराई । लोकदोहोरी मात्र नभएर प्रत्यक्ष दोहोरीमा समेत अब्बल भट्टराई सुगम विधामा समेत सफल सर्जक तथा गायकका रुपमा परिचित छन् । बहुला गीतबाट अत्यधिक सफलता पाएका भट्टराईले बहुला २ राखीबाट थप सफलताको स्वाद चाखिसकेका छन् ।

आफ्ना सिर्जनामा रमाउँदै निकै मेहनत गर्ने भट्टराई बहुला सिरिजको तेस्रो संस्करण ‘राजा’ लाई पनि अन्य सिरिजझैँ दर्शकले मन पराई दिनेमा विश्वस्त छन् । लगभग दुई दशक देखिको मेरो गीत सङ्गीतको यात्रामा आजसम्मकै दर्शक श्रोताले सर्वाधिक प्रतीक्षा गरेको गीत हो ‘राजा’ । त्यसकारण पनि सफल हुनेछ भन्नेमा भट्टराई ढुक्क देखिए ।आफ्नै युट्यव Ramesh Raj Bhattarai च्यानलमार्फत बजारमा आएको भिडियोमा दुर्गेश थापाको दमदार अभिनय हेर्न सकिन्छ । गलत प्रवृत्तिका कार्यमा संलग्न रहेका दुर्गेशको एक युवती (सुप्रिमा भट्टराई) सँग प्रेम सम्बन्ध कायम भए पनि आफ्नो प्रेमी हत्या र आतङ्कको जगतमा एक नम्बरमा रहेको थाहा पाएपछि उनले अन्यत्रै बिहे गरेर घरजम गर्छिन् । त्यस पश्चातका द्वन्द्वात्मक शैलीको कथा निकै आकर्षक देखिएको छ । भिडियोमा रवीन्द्र टिटुङ्गको समेत अभिनय रहेको छ ।ठूलो फ्रेममा खिचिएको उक्त गीतका रचनाकार, सङ्गीतकार तथा गायक स्वयं भट्टराई हुन् । चर्चित युवा निर्देशक विक्रम चौहानले गीतलाई पर्दामा फिल्मी शैलीमा उतारेका छन् । साहस शाक्यले सङ्गीत संयोजन गरेको गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन् भने अजय रेग्मीले खिचेका छन् । मिलन विश्वकर्माले सम्पादन गरेको भिडियो बि स्टार फिल्मसले पोस्ट प्रोडक्सन गरेको हो । भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *