मुटुको अपरेशनपछि अस्पतालमै गरे रेमोले डान्स, श्रीमतीले सेयर गरिन् भिडियो…

केहीदिन अघिमात्र अचानक बिरामी भएपछि बलिउडका चर्चित कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजा अस्पतालमा भर्ना भएका थिए । अचानक उनको स्वास्थ्य बिग्रिएपछि सबैजना निकै आत्तिएका थिए । बलिउडकर्मी तथा रेमोका शुभचिन्तकले उनको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरिरहेका थिए । भारतीय मिडिया अनुसार हालैमात्र उनको मुटुको अपरेशन भएको छ । उनको स्वास्थ्यमा पनि सुधार भैरहेको जानकारी प्राप्त छ । यसैबिच रेमोकी श्रीमतीले सामाजिक सञ्जालमा सेयर गरेको भिडियोले रेमोका फ्यानहरु निकै खुसी भएका छन् ।

उक्त भिडियोमा रेमो आफ्नो खुट्टालाई संगीतको तालमा नचाइरहेका छन् । भिडियो सेयर गर्दै रेमोको श्रीमतीले लेखेकी छिन्, खुट्टाले नाच्नु एउटा कुरा हो र मनले नाच्नु अर्को कुरा । रेमो डिसुजा…तपाईहरु सबैको प्रार्थना र आर्शीवादका लागि ।

यो पनी पढ्नुहोस्ः रजनीकान्त कुनै समय बसको कन्डक्टर थिए, अहिले सुपरस्टारसुपरस्टार रजनीकान्त आज आफ्नो ७० औं जन्मदिन मनाउँदैछन् । उनको जन्म सन् १९५० डिसेम्बर १२ मा बेङ्लुरुको मराठा परिवारमा भएको थियो । उनी आफ्नो मिहेनतका कारण बलिउड र टलिउडमा आफ्नो नाम कमाउन सफल भए । दक्षिण भारतका मानिसहरु उनलाई थलाइवा अर्थात् भगवान मान्छन् । साउथकी कैयौं क्षेत्रमा त उनको मन्दिर पनि बनाइएको छ । सायद मानिसहरु उनलाई यस कारण पनि पुज्छन् कि उनीसँग जो सहयोगका लागि आउँछ त्यसले खाली हात फर्किनु पर्दैन । यति ठूला सुपरस्टार भए पनि उनमा सहजता र प्रेम छ । जसकारण उनलाई भगवानसरह मानिसहरु पुज्छन् ।

पैसा कमाउन कुलीको काम गर्थे रजनीकान्तको वास्तविक नाम शिवाजी राव गायकवाड हो । उनका चार भाइबहिनी छन् । जसमा रजनी सबैभन्दा कान्छा हुन् । भनिन्छ कि रजनीकान्त सानै उमेरका थिए, त्यसबेला नै उनकी आमाको निधन भएको थियो । त्यसपछि उनको पूरै परिवार हौसलाविहीन बनेको थियो । घर चलाउन उनले कुलीको काम गर्न शुरु गरे । त्यसपछि बेङ्लुरुमा बसमा कण्डक्टरको काम शुरु गरे । उनले आफ्नो करिअरको शुरुवात १९७५ मा मा गरेका थिए । त्यसबेला उनी २५ वर्षका थिए । उनले बालचन्द्रको फिल्म ‘अपूर्वा रागन्लाल’ मा कमल हसनको साथमा गरेका थिए । त्यसमा श्री विद्या पनि थिए ।

कमल हसनको मुख्य भूमिका थियो । त्यही रजनीकान्तले मात्र १६ मिनेटको रोल निभाएका थिए । जति इन्ट्रेस्टिङ उनी छन्, त्यति नै उनको प्रेम कहानी पनि । एकपटक एक युवती उनको अन्तवार्ता लिन आएकी थिइन् । देख्नेबित्तिकै युवतीसँग रजनीकान्तलाई प्रमेको महशुस भयो । अन्तवार्ताकै बेला उनले युवतीसँग बिहेको प्रस्ताव गरे । उनलाई ‘बिल्ला’ फिल्मबाट ठूलो सफलता मिलेको थियो । यो १९७८ मा अभिताभ वच्चनको फिल्म डनको रिमेक थियो । रजनीकान्तले १९८८ मा ब्लडस्टोन (अंग्रेजी) फिल्ममा पनि काम गरेका थिए ।

सम्बन्धित समाचार

Leave a Comment