अस्ट्रेलियाको एक युनिभर्सिटीमा अध्ययनरत युवकले जिते २० मिलियन डलरको चिट्ठा

मेलबर्न। अष्ट्रेलियामा युनिभर्सिटीमा अध्ययनरत युवकले २० मिलियन डलरको चिट्ठा जितेका छन्। उनले २० मिलियन डलरको पावरबल ज्याकपट हात पारेका हुन्। २० वर्षीय ती युवकले आफ्नो परिचय सार्वजनिक गर्न चाहेका छैनन्। उनी ब्रिसबेनमा रहेको MacGregor युनिभर्सिटीका विद्यार्थी रहेको बताइएको छ।

ती युवकका अनुसार, उनले चिट्ठा भर्ने समय बन्द हुनैलाग्दा चिट्ठा भरेको र अहिले विश्वास नलागेको बताएका छन्। उनले अब पहिले जस्तो दु:ख नगरी कामबाट छिटो अवकाश लिनेछन्। परिवार र साथीहरुलाई सहयोग गर्नेछन्। केही रकम समाजसेवाको लागि प्रदान गर्नेछन्। हिमालयन कंगारू

Leave a Reply

Your email address will not be published. Required fields are marked *