लोकप्रिय गायक स्वरूपराज आचार्यको आज जन्मदिन

काठमाडौँ । लोकप्रिय गायक स्वरूपराज आचार्यको आज जन्मदिन परेको छ । सांगीतिक माहोलमा जन्मे हुर्केका गायक स्वरुपराजलाई जन्मदिनको अवसरमा बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ । नेपाली गीतसंगीतको दुनियामा सर्वाधिक चर्चा बटुल्न सफल गायक मध्येका एक हुन । नेपाली गीतसंगीत बाहेक उनले नेपाली चलचित्रमा पनि आफ्नो अभिनय प्रतिभा प्रस्तुत गरीसकेका छन्।

आचार्य नामको चलचित्रवाट उनले पहिलो पटक नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन्। दर्जनौ आधुनिक, पप गजल तथा राष्ट्रिय गीत समेतमा उनले आफ्नो गायन प्रतिभा प्रस्तुत गरीसकेका छन्। जन्मदिनको अवसरमा गायक स्वरुपराजलाई ओएस नेपालको तर्फबाट पनि शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *