रोडिजबाट चर्चा कमाएका राजिवले रियासँग सेयर तस्बिर गरेपछि फ्यानले गरे यतिसम्म गाली…
सन् २०२० मा सर्वाधिक चर्चामा र विवादमा रहेकी नायिका हुन्, रिया चक्रवर्ती । सुशान्तको आ’त्मह’त्यापछि उनी चर्चामा आउन थालेकी थिइन् । उनलाई धेरैले सु-शान्तको मृ’त्युको दो’षी पनि माने । अहिले फेरि रिया चर्चामा आएकी छिन् । हालै रोडिबाट चर्चामा आएका राजिव लक्ष्मणसँगका केही तस्बिर उनका चर्चामा आए । राजिवले इन्ष्टाग्राममा रियासँगको तस्बिर सेयर गर्दै माई गर्ल लेखेका थिए । तस्बिरमा उनले रियालाई अँगालो हालेका थिए । त्यसैले पनि यो तस्बिरले धेरै चर्चा पायो ।
तर तस्बिर सार्वजनिक हुने बित्तिकै रिया र राजिवलाई दर्शकको गालीको ओइरो नै लाग्यो । त्यसपछि राजिवले सामाजिक सञ्जालबाट उक्त पोष्ट नै हटाइदिए । उनले नयाँ तस्बिर लेख्दै रियासँगको तस्बिरको वास्तविकता पनि खुलाइदिएका छन् । राजिव लक्ष्मणले इन्स्टाग्राममा नयाँ पोस्ट गर्दै लेखे, ‘यस्तो लाग्छ कि मैले आफ्नो एक पोस्टमा शब्दको गैर जिम्मेवारीयुक्त चयनका कारण निकै विवाद निम्त्याएको छु ।’ उनले थपे, ‘रिया मेरी निकै प्यारी पुरानी साथी हुन् र म उनलाई पुनः भेटेर निकै खुसी छु । म चाहन्छु उनी सधैं खुसी रहून् । ’