करण जोहरसंग फ’राह खानले राखेकी थिइन बिहेको प्रस्ताव तर करणले गरे अस्विकार कारण भने यस्तो

काठमान्डौ :  करण जोहरसंग फ’राह खानले राखेकी थिइन बिहेको प्रस्ताव तर करणले गरे अस्विकार कारण भने यस्तो  : फराह खानले हिजो अर्थात् जनवरी ९ तारिखमा आफ्नो ५६ औं जन्मदिन मनाइन् । उनको जन्मदिनको अवसरमा उनीसँग जोडिएको एउटा रोचक किस्साबारे जानकारी लिऔं ।फराहले एकपटक फिल्म निर्माता तथा निर्देशक करण जोहरलाई विवाहका लागि प्रस्ताव गरेकी थिइन् तर करणले ‘प्राविधिक समस्या’ बताउँदै उनको प्रस्ताव अस्विकार गरिदिए ।

फराह खान र करण जोहरको दोस्ती लामो समयदेखिको हो । दुबैको २५ वर्षभन्दा बढी समयदेखिको चिनजान छ । एक समय यस्तो पनि थियो जब फराह खान करण जोहरसँग विवाह गर्न चाहन्थिन् ।साजिद खान र रितश देशमुख कार्यक्रम ‘यादों की बारात’ होस्ट गर्दथ । उक्त शोमा नै करणले फराहले उनलाई मन पराउने गरेको र उनलाई पट्याउनका लागि निकै कोसिस पनि गरेको बताएका थिए । यसमा फराह खानले पनि सहमति जताइन् ।

फिल्म कुछकुछ होता हैको सुटिङ स्कटल्याण्डमा भइरहेको थियो । त्यतिबेला करण जोहरको कोठामा फराह खान राती गएकी थिइन् । करण जोहरले यसबारे कुरा गर्दै भनेका थिए, ‘मध्य रातमा एक युवती जब कुनै केटाको कोठामा आउँछिन्, यो बहाना गरेर कि मेरो कोठामा भूत छ । के म भूतसँग राइम्स गर्ने व्यक्ति हुँ ?’

यसबारे फराह खानले भनिन्, ‘म करण जोहरसँग विवाह गर्न चाहन्थेँ तर उनले आफूमा प्राविधिक समस्या भएको बताउँदै मेरो प्रस्ताव अस्विकार गरिदिए । ’ फराह खान फिल्म निर्देशक हुन् र उनले थुप्रै फिल्मको निर्देशन गरिसकेकी छिन् । फराह हाल शिरिष कुन्दरसँग विवाहित छिन् र उनीहरुका तीन सन्तान छन् । उनीहरुको नाम दीया, अनाया र साइजर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *