आईएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसेडरमा नायिका मनिषा कोइराला नियुक्त

काठमाडौँ-आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेसेडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छन्। यससँगै नायिका कोइराला कम्पनीको जीवन बीमाको ब्राण्ड दुतको भूमिकामा रहनेछिन्। काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। नायिका कोइरालाले कम्पनीको ब्राण्ड तथा यसको मूल्य एंव मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने जनाएको छ।

नायिका कोइरालले मानव जगतमा जीवन बीमाको महत्व निकै ठूलो रहेको र नेपाली जनताहरुलाई आर्थिक सुरक्षा प्रदान गरी देशभरी छरिएर रहेको पुँजीलाई एकिकृत गरि राष्ट्र निर्माणमा टेवा पु¥याउने अवधारण बोकेको कम्पनीसँग साझेदारी गर्न पाएकोमा खुसी व्यक्त गरिन्। यस्तै उनीसँगको सहकार्य घोषण गर्दै कम्पनीका सिईओ कवि फुयाँलले नायिका कोइरालासँ सहकार्य गर्न पाउँदा निकै उत्साहित भएको बताए। उनले भने, ‘मनिषा कोइराला भरोषायोग्य, अग्रणी, सरल, आत्मविश्वासले भरिएको तथा हरेक नेपालीका लागि आर्दश हुनुन्छ। ज्ुन ष्यो सहकार्यको भित्रि अभिप्राय हो। उहाँलाई कम्पनीमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ।’यस्तै डिजिटल प्रविधि मार्फत सेवा उपलब्ध गर्ने क्रममा ‘आइएमई साथ बोट’ नामबाट विश्वका कुनै पनि कुनाबाट कम्पनीको सेवा सम्बन्धमा जानकारी लिन सक्ने र अनुरोध पठाउन सकिने गरि निर्माण गरिएको ‘च्याटबोट’ प्रणालीको औपचारिक रुपमा संचालन ल्याएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *