फि नबुझाएको भन्दै रामजी रामले दिन पाएनन् एमबिबिएस चौथो वर्षको परीक्षा

काठमाडौं । बसरुद्धिन अन्सारी सञ्चालक रहेको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा एक विद्यार्थीलाई पैसा नतिरेको भन्दै परीक्षा दिनबाट बञ्चित गराइएको छ। एमबिबिएस चौथो बर्षमा अध्ययनरत विद्यार्थी रामजी रामलाई कलेज प्रशासनले पैसा नबुझाएको भन्दै परीक्षा हलबाट निकालेकोछ।

सोमबारदेखि एमबिबिएस चौथो बर्षको परीक्षा सुरु भएको छ। कलेजले अनावश्यक शिर्षकका शुल्क तिर्न लगाएपछि आफू परीक्षा दिनबाट बञ्चित बनेको उनले बताएका छन्। होस्टल र बिजुली शुल्कबापत कलेजलाई ८ लाख ११ हजार ५ सय बुझाएको तर कलेजले वार्षिक शुल्क र बढुवा शुल्क भन्दै थप ७ लाख ५० हजार १३१ रुपैयाँ शुल्क मागेपछि आफू परीक्षा दिनबाट बञ्चित भएको रामजीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *