पूर्वी नेपालमा राजेश हमाल दम्पत्तीको घुमघाम मस्ती ! ( हेर्नुहोस तस्विर सहित )
काठमाडौँ – पूर्वी नेपालमा राजेश हमाल दम्पत्तीको घुमघाम मस्ती ! ( हेर्नुहोस तस्विर सहित ) : नेपाली चलचित्र जगतका महानायक राजेश हमाल पछिल्लो केहि दिन देखि पूर्वी नेपाल भ्रमणमा छन्। अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा पुगेका उनी त्यतैबाट पूर्वी नेपाल पुगेका हुन्।पूर्वी नेपाल भ्रमणमा व्यक्त रहेका उनले सामाजिक संजाल मार्फत लगातार तस्विरहरु सार्वजनिक गरिरहेका छन्। पूर्वी नेपालको भ्रमणमा महानायक हमाललाई उनकी पत्नीले साथ दिरहेकी छन्।
पछिल्लो समय राजेश हमाल फिल्मी दुनियाँबाट पलायन जस्तै छन्। गएका केहि वर्ष देखि उनलाई दर्शकले ठूलो पर्दामा देख्न पाएका छैनन्। यधपी हमाल केहि म्युजिक भिडियो तथा टेलिभिजन कार्यक्रमहरुमा देखापरिरहेका छन्।चलचित्रबाट टाढा रहेपनि हमाल सामाजिक संजालमा भने धेरै नै सक्रिय छन्। हमाल आफ्ना दैनिकीका तस्विरहरु सामाजिक संजाल मार्फत सार्वजनिक गर्दै आफ्ना प्रशंसकहरु माझ जोडिने गरेका छन्। हमालको पूवी नेपाल भ्रमणका केहि झलक हेर्नुहोस् तस्विरमा :