डिप्रेसनका लागि बहुउपयोगी केशर, यस्ता छन् फाइदै फाइदा । थाहाँपाउनुहोस्

काठमाडौँ। चिसो मौसममा स्वास्थ्य तन्दुरुस्त राख्न गर्मी हुने खाना खान राम्रो मानिन्छ । चिसोयाममा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले रुघाखोकी, फ्लु छिट्टै लाग्छ । यस्ता समस्या हुनेवित्तिकै औषधि सेवन गर्नु राम्रो हुन्न । घरेलु उपचार विधि अपनाउनुपर्छ । मरिच, अदुवाको धूलो, जाइफल जस्ता मसाला खानुपर्छ । चिसो मौसममा केशर खानु सबैभन्दा राम्रो मानिन्छ । केहरले स्वाद, वास्ना र टाउको दुख्न कम गराउँछ ।

यस्तो छ केशरका फाइदा
केशर विश्वकै सबैभन्दा महँगो मसालामध्ये एक हो । यसको खेती चिसो क्षेत्रमा गरिन्छ । भारतको कश्मिरमा केशरको उत्पादन हुन्छ । केशर ६ देखि १० इन्च लामो हुन्छ । एकचोटि लगाएपछि धेरै वर्षसम्म उब्जनी भइरहन्छ । केशरको बोटमा बैजनी रङको फूल फूल्छ । त्यसबाट निकाल्ने वस्तु नै केशर हो ।

केशरबाट डिप्रेसनको उपचार
केशरमा हुने न्युरोट्रान्समिटर डोपामाइन, सेरोटोनिन र नारपेनेफ्रिनले दिमागलाई प्रभावित तुल्याउँछ । जसका कारण तपाईको मूड फ्रेस हुन्छ र डिप्रेसन हट्छ । नियमित ३० ग्राम केशर खानाले अल्जाइमर रोगीलाई समेत फाइदा पुग्छ । जसलाई अनिद्राको समस्या छ, उसले केशर खाने गरेमा तुरुन्त ठीक हुन्छ । यदि तपाई डिप्रेसनबाट पीडित हुनुहुन्छ भने केशर हालेको दूध नियमित पिउनुहोस् ।

क्यान्सर हुनबाट बचाउँछ
केशरमा क्रोकिन नामक वाटर साल्युवल कैरोटिन हुन्छ । जसले क्यान्सरको सेल्स बढ्नबाट रोक्छ । केशर दूध, खिर, मिठाईमा हालेर खान सकिन्छ ।

टाउको दुखाईबाट छुटकारा
टाउको दुख्ने र रुघाको समस्यालाई केशर खानाले कम गर्छ । यसका लागि दूधमा केशर मिलाएर खाने वा पेस्ट बनाएर टाउकोमा लगाएमा तुरुन्त ठीक हुन्छ ।

पाचन क्रिया दुरुस्त
केशरमा हुने एन्टिअक्सिडेन्ट र एन्टिइफ्लेमेटरी गुणले पाचनसम्बन्धी समस्या हटाउँछ । चिसो मौसममा यसको सेवन राम्रो मानिए पनि धेरै खाने गर्नु हुन्न ।

केशरको चिया
अत्यधिक चिसोबाट बच्नका लागि केशरको चिया निकै उपयोगी हुन्छ । केशर, ल्वाङ, दालचिनी, इलाइची हालेर बनाएको चियाले पाचन क्रियालाई दुरुस्त राख्छ र इम्युनिटी पावर समेत बढाउँछ ।

केशर खाने सही तरिका

  1. एक कप पानीमा केशरका ३–४ रेशा हाल्ने र १० मिनेट उमाल्ने र चियाका रूपमा खाने
  2. एक कप दूधमा चिनी र २–३ रेशा केशर पाँच मिनेट जति उमालेर पछि खाने
  3. खिर, तरकारी र सलादमा एक मिलिग्राम केशरको पाउडर मिलाएर खाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *