भगवान् रामले बध गरेका रावणको श’वलाई के गरियो ? यस्तो छ तथ्य !

काठमाडौँ- धर्मग्रन्थ रामायणमा उल्लेख भएअनुसार भगवान् श्रीरामको हातबाट रावणको मृ’त्यु भएको थियो । सीतालाई हरण गरेपछिको भीषण युद्धमा रावणको मृ’त्यु त भयो, साथै लंकाको शासन पनि विभीषणलाई दिइयो । रावणको वधपछि आखिर उसको श’वलाई के गरियो त ? आज हामी तपाईलाई यसको बारेमा जानकारी गराउँछौँ । यो कुराको जवाफ श्रीलंका सरकार र केही मानिसले भनेका छन् कि, रावणको श’व आज पनि धर्तीमा स्थित छ ।

भनिन्छ, रावणको श’वलाई ‘ममी’ बनाएर सुरक्षित राखिएको छ । जसरी मिश्रमा पिरामीडमा प्राचिन कालका राजाहरुको ‘राख्ने गरिन्थ्यो त्यसैनै रावणको श’व पनि राखिएको छ । रावणको मृ’त्यु पश्चात् उसलाई जीवित बनाउन सैनिकहरुले धेरै कोशिस गरे पनि सफलता नपाएको बताइन्छ ।

रावणको किन भएन अन्तिम संस्कार ?
भनिन्छ, रावणका सेना आफ्ना प्रिय राजाको शव जलाउन चाहँदैन थिए । किनभने उनीहरुलाई एकदिन रावण जीवित हुने आश थियो ।त्यसै कारणले सुरक्षित राख्नको लागि विभिन्न रसायनको प्रयोग गरेरर रावणलाई राखिएको थियो ।

रावणको शव कहाँ छ ?
रागलाको जंगलमा रावणको शव भएको मान्ने गरिन्छ । उक्त ठाउँ घना जंगल रहेको छ । त्यहाँ विभिन्न हिंस्रक जंगली जनावर बस्दछन् । केही मानिसहरुले भने रावण भएको ठाउँमा उसका खजानाहरु रहेको पनि बताउने गर्दछन् ।- एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *