चलचित्र ‘तिम्रो मेरो साथ’ मा साम्राज्ञी र पुष्पको जोडी

काठमाडौं – अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका रहने फिल्म ‘तिम्रो मेरो साथ’ को छायांकन थालिएको छ ।‘रेड वाइन’ बाट नाम परिवर्तन गरी ‘तिम्रो मेरो साथ’ नाम राखिएको यो फिल्म सोमबारदेखि छायांकन थालिएको निर्माण टिमले बताएको छ । प्रेमकथामा आधारित यो फिल्ममा रमेश एमके पौडेलको निर्देशन रहनेछ । साथै फिल्ममा निर्देशक पौडेललको कथा तथा लगानी रहनेछ । निर्माणमा पौडेलसँग पासाङ लामाले साझेदारी गर्दैछन् ।

आर्यन फिल्मस् तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने यो फिल्ममा सह–निर्मातामा निरु भण्डारी, सुमन पौडेल, सुधीर पराजुली छन् । फिल्मको छायांकन नेपाल र अमेरिकाका केही शहरमा गरिने निर्माण टिमले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Comment