अष्ट्रेलियन प्र’हरीमा भर्ति हुनका लागि आवश्यक न्युनतम योग्यता थाहा पाइराखौ !-

अ’ष्ट्रेलिया । अष्ट्रेलियामा प्र’हरीको जागिर सम्मानीय जागिरमा पर्छ। अन्य देशबाट आएर अष्ट्रेलिया बसोवास गरिरहेकाहरु पनि अष्ट्रेलियन सुरक्षा विभागमा जागिरे हुन सक्छन्। अष्ट्रेलियन सुरक्षा विभागमा तलब तथा सुविधा पनि आकर्षक हुन्छ। तर जागिरको लागि अष्ट्रेलियाको पीआर पाएर नागरिकताको लागि योग्य भइसकेपछि मात्र प्रक्रिया अगाडी बढाउन सकिन्छ। अष्ट्रेलियन प्रहरीमा भर्ति हुनका लागि आवश्यक न्युनतम योग्यता :

  • १ – अष्ट्रेलियाको नागरिकता प्राप्त भएको हुनुपर्छ। कुनै राज्यले पीआर होल्डरले पनि आवेदन दिन सक्ने उल्लेख गरेका हुन्छन्।
  • २ – उमेरको हद अठार वर्षभन्दा माथि हुनुपर्छ।
  • ३ – मान्यता प्राप्त ड्राइभिंग लाइसेन्स हुनुपर्छ।
  • ४ – सम्बन्धित पदका लागि चाहिने योग्यता अनुसारको शैक्षिक प्रमाणपत्र हुनुपर्छ।
  • ५ – प्राथमिक उपचार सम्बन्धि सर्टिफिकेट प्राप्त हुनुपर्छ।
  • ६ – ननस्टप फ्रिस्टाइल सय मिटरसम्म पौडी खेल्न सक्नुपर्छ।
  • ७ – चारित्रिक प्रमाण सफा हुनुपर्छ।
  • ८ – ड्र’ग्स जस्ता नशामा नलागेको हुनुपर्छ।

यो पनि पढ्नुहोस !अष्ट्रेलियाको पासपोर्ट विश्वकै आठौँ शक्तिशाली पासपोर्ट :

मेलबर्न। अष्ट्रेलियाको पासपोर्ट विश्वकै आठौँ शक्तिशाली पासपोर्ट बनेको छ। ‘हेनली एण्ड पार्टनर्स’ ले प्रकाशित गरेको पासपोर्टको ‘ग्लोबल र्‍याङ्किङ’ मा अष्ट्रेलियाको पासपोर्ट नम्बर ८ मा परेको हो ।२०२० को सुचीमा अष्ट्रेलियाको पासपोर्ट नवौं स्थानमा परेको थियो। तर यो वर्ष १ स्थान माथि उक्लिँदै आठौँ नम्बरमा आउन सफल भएको हो। यो सुचीमा अमेरिकाको पासपोर्ट सातौँ नम्बरमा परेको छ।

त्यस देशको पासपोर्ट बोकेका मानिसलाई अग्रिम भीसा नलिई कति देशमा प्रवेश गर्न पाइन्छ भन्ने आधारमा पासपोर्ट कति शक्तिशाली भनेर सुचिकृत गरिन्छ। अष्ट्रेलियाको पासपोर्ट होल्डरका लागि गत वर्ष १ सय ८३ देशमा प्रवेश गर्नको लागि अग्रिम भिसा चाहिंदैनथ्यो भने यो वर्ष १ सय ८४ देशमा प्रवेश गर्नको लागि अग्रिम भिसा आवश्यक पर्नेछैन।

‘ग्लोबल र्‍याङ्किङ’ मा जापानको पासपोर्ट नम्बर १ भएको छ। जापानका पासपोर्ट होल्डर विश्वका १९१ देशमा अग्रिम भीसा नलिई प्रवेश गर्न सक्छन्। सिंगापुरले दोस्रो स्थान पाएको छ। सिंगापुरको पासपोर्ट धारकले १९० देशमा ‘भीसा अन एराइभल’ को सुविधा पाउँछन्। सूचीमा तेस्रो स्थान दक्षिण कोरिया र जर्मनीले संयुक्त रूपमा ओगटेका छन्। यी दुबै पासपोर्टलाई १८९ देश घुम्न अग्रिम भीसा चाहिँदैन।

नेपाल यस सूचीमा १०४ नम्बरमा पर्छ। नेपालीले ३८ देशमा भीसा नलिई जान सक्छन्। नेपालको दक्षिण छिमेकी भारत ८५ औं नम्बरमा रहेको छ। संसारका ५८ देशले भारतीयहरुलाई ‘भीसा अन एराइभल’ को सुविधा दिन्छन। चीन भने नेपाल र भारत भन्दा अगाडी रहेको छ। चीन यस सूचीमा ७० औं स्थानमा रहेको छ। – himalayankangaaro

3 thoughts on “अष्ट्रेलियन प्र’हरीमा भर्ति हुनका लागि आवश्यक न्युनतम योग्यता थाहा पाइराखौ !-

Leave a Reply

Your email address will not be published. Required fields are marked *