अष्ट्रेलियन क्यापिटल टेरिटोरीद्वारा दक्ष पेशाको नयाँ सुची सार्वजनिक – सुची सहित – थाहा पाइराखौ
अष्ट्रेलिया । अष्ट्रेलियन क्यापिटल टेरिटोरीले दक्ष पेशाको नयाँ सुची सार्वजनिक गरेको छ। अष्ट्रेलियन क्यापिटल टेरिटोरीले स्किल्ड माइग्रेसन प्रोग्राम खुल्ला गर्दै यस प्रोग्रामको लागि ११ जनवरीमा दक्ष पेशाको सुची अपडेट गरेको हो।अपडेट गरिएको सुचीमा ACT ले ४४ नयाँ पेशा थपेको र पहिले सुचीमा रहेका १५ पेशा हटाएको कंडेल कन्सल्टेन्सीका डाइरेक्टर राज कंडेलले बताउनुभयो।
यसका साथै हरेक महिनाको लागि सिमित नोमिनेसन कोटा रहेको छ। आवश्यक योग्यताको मापदण्डमा भने यसपाली कुनै परिवर्तन गरिएको छैन।थपिएका पेशामा इन्भाएरोमेण्टल म्यानेजर, सेफ, डेनटिस्ट, कार्पेन्टर, स्टुडेन्ट काउन्सिलर, हेयर ड्रेसर, ट्रान्सलेटर, गार्डेनर, युथ वर्कर, फिजियो थेरापिस्ट, अडियोलोजिस्ट आदि रहेका छन् भने हटाइएका पेशामा एड्भटाइजिङ्ग स्पेसियलिस्ट, मार्केटिंग स्पेसियलिस्ट, कस्नट्रक्सन प्रोजेक्ट म्यानेजर आदि रहेका छन्। दक्ष पेशाको यो सुची हरेक ४ महिनामा अपडेट हुन्छ। हेर्नुहोस सुची
यो पनि पढ्नुहोस ! अष्ट्रेलियन प्र’हरीमा भर्ति हुनका लागि आवश्यक न्युनतम योग्यता थाहा पाइराखौ !-
अ’ष्ट्रेलिया । अष्ट्रेलियामा प्र’हरीको जागिर सम्मानीय जागिरमा पर्छ। अन्य देशबाट आएर अष्ट्रेलिया बसोवास गरिरहेकाहरु पनि अष्ट्रेलियन सुरक्षा विभागमा जागिरे हुन सक्छन्। अष्ट्रेलियन सुरक्षा विभागमा तलब तथा सुविधा पनि आकर्षक हुन्छ। तर जागिरको लागि अष्ट्रेलियाको पीआर पाएर नागरिकताको लागि योग्य भइसकेपछि मात्र प्रक्रिया अगाडी बढाउन सकिन्छ। अष्ट्रेलियन प्रहरीमा भर्ति हुनका लागि आवश्यक न्युनतम योग्यता :
- १ – अष्ट्रेलियाको नागरिकता प्राप्त भएको हुनुपर्छ। कुनै राज्यले पीआर होल्डरले पनि आवेदन दिन सक्ने उल्लेख गरेका हुन्छन्।
- २ – उमेरको हद अठार वर्षभन्दा माथि हुनुपर्छ।
- ३ – मान्यता प्राप्त ड्राइभिंग लाइसेन्स हुनुपर्छ।
- ४ – सम्बन्धित पदका लागि चाहिने योग्यता अनुसारको शैक्षिक प्रमाणपत्र हुनुपर्छ।
- ५ – प्राथमिक उपचार सम्बन्धि सर्टिफिकेट प्राप्त हुनुपर्छ।
- ६ – ननस्टप फ्रिस्टाइल सय मिटरसम्म पौडी खेल्न सक्नुपर्छ।
- ७ – चारित्रिक प्रमाण सफा हुनुपर्छ।
- ८ – ड्र’ग्स जस्ता नशामा नलागेको हुनुपर्छ।