चलचित्र नबन्दै बिक्री भो ‘डिसेम्बर फल्स’को अस्ट्रेलिया राइट्स

५ माघ २०७७, सोमवार/ काठमाडौँ । प्रेम कथामा निर्माण हुन लागेको फिल्म ‘डिसेम्बर फल्स’ बिक्री भएको छ। निर्माण पहिले फिल्मको युट्युब तथा अस्ट्रेलिया राइट बिक्री भएको हो । फिल्मको युट्युब र अस्ट्रेलिया प्रदर्शनको अधिकार नेप आर्ट युट्युब डिजिटल र एजुकेसन एन्ड माइग्रेसन कर्नरले किने बताइएको छ । कतिमा किनबेच भएको भन्ने कुरा निर्माण टिमले खुलाएको छैन।

फिल्मको टिजर, गीत, प्रोमो लगायत पुरै फिल्म नेप आर्ट यूटयुव च्यानल मार्फत अपलोड गरिने छ। फिल्म प्रदर्शनको समयमा नेपाल र अस्ट्रेलियाका विभिन्न सहरमा एकसाथ रिलिज गर्ने एजुकेसन एन्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले जानकारी दिएका छन्। भारतीय फिल्ममा आफ्नो निर्देशकिय कला प्रस्तुत गरेका प्रवीण झाले यस फिल्ममा नयाँ टेस्ट दिने बताएका छन्।

फिल्ममा महेश आर गुप्ताको छायाङ्कन रहने छ भने लक्ष्मण रिजाल कार्यकारी निर्माता, रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता रहेको छन् । प्रवीण झाले निर्देशन गर्न लागेको फिल्ममा आर्यन सिग्देल, उपासना सिंह ठकुरी, सलोन बस्नेत, शिवहरि पौडेल, दयालराम दाहाल र नरेश भट्टराईलगायतको फिल्ममा अभिनय रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *