यस्तो छ आज नेपाली बजारमा सुनको भाउ, तोलामा कती?

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *