गायिका शान्तीश्री लाइ पुत्री लाभ, सामाजिक संजालमा शुभकामनाको ओइरो !

काठमाडौँ । बोलमाया, गलबन्दी लगायतका बहुचर्चित गीतकी गायिका शान्तीश्री परियारको घरमा लक्ष्मीको आगमन भएको छ । शान्तीश्रीले शनिबार छोरीलाई जन्म दिएको बताइएको छ ।

स्रोतका अनुसार छोरी र आमाको स्वस्थ्य अवस्था सामान्य रहेको छ । परियारले केही अगाडी नारायण भुजेल सँग बिहे प्रेम बिहे गरेकी थिइन् । शान्तीश्रीले छोरीलाई जन्मदिए लगत्तै उनलाई बिहानैदेखि सामाजिक संजालमा शुभकमनाको ओइरो नै लागेको छ ।

रोल्पा जिल्ला बाट गीत गाउनकै लागी भनेर २०६४ सालमा राजधानी छिरेकी शान्तीले आजको स्थान सम्म आइपुग्नदा उनले निकै कठिन संघर्ष गरेकी छिन् । बोलमाया, गलबन्दी लगायतका बहुचर्चित करिब ३ य गीतमा स्वर दिएकी शान्तीले पहिलो गीत अरु भन्दा फरक म किन भन्ने गीतमा आवाज दिँदा खुसीले आँसुनै आएको थियो ।

आफु यो क्षेत्रमा प्रवेश गरे सँगै अग्रजकलाकारहरुले गर्नुभएको मायाले आँफुलाई अगाडी बढ्न प्रेरणा मिलेको शान्तीश्री बताउँछिन् । शान्तीश्रीले अन्तरजातिय विबाह गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *