अमेरिकाको न्युजर्सीबाट एकसाता देखि नेपाली विद्यार्थी बेपत्ता, खोजीमा सघाउन परिवारको आग्रह !

अमेरिकाका एकजना नेपाली विद्यार्थी एकसातादेखि बेपत्ता भएको भन्दै खोजीमा सघाउन उनका परिवारका तर्फबाट आग्रह गरिएको छ । अजय शाह नाम गरेका नेपाली विद्यार्थी गत जनवरी १८ देखि हराइरहेको उनका दाजु शिव शाहले बताएका छन् । २२ बर्षका शाहको पुख्यौली घर सिराहा रहेको र हाल उनको परिवार कीर्तिपुरमा बस्दै आएको जनाइएको छ ।

उनले विगत साढे २ बर्षदेखि ड्रिउ युनिभर्सिटीमा अध्ययन गर्र्दै आएको जनाएको छ । भाईलाई खोज्दै न्युयोर्क आइपुगेका शिव शाहले खोजीका लागि प्रहरीलाई अनुरोध गरिएपनि प्रहरीले खोजी कार्य अन्त्यन्तै ढिलो गतिमा गरिरहेको बताएका छन् । न्युजर्सीको मेडिसनमा रहेको ड्रिउ युनिभर्सिटीमा अध्ययनरत अजय शाह हराएको बारे कलेजलाई पनि खबर गरिसकिएको जनाइएको छ ।५ फिट ७ इन्च उचाई भएका अजय शाहको कालो आँखा र कालो कपाल रहेको छ । उनको विगत ६ दिनदेखि सामाजिक सञ्जाल र फोनमा समेत कुनै गतिविधि नदेखिएको जनाइएको छ । उनको बैंकको ट्रान्जेसक्सन हेर्दा जनवरी १९ मा न्युयोर्कमा आउनका लागि टिकट किनेको जस्तो देखिएको छ । जनवरी ११ मा विहान ११ बजेतिर टिकट किनेको देखिएपनि त्यसपछि बैंक कार्डमा पनि कुनै ट्रान्जेक्सन नदेखिएको जनाइएको छ ।तर उनी टिकट लिएर न्युयोर्क आए नआएकोबारे केही खुलेको छैन ।

घटनालाई गम्भिरतापूर्वक लिन र म्याडिसन प्रहरीलाई ९७३ ५९३ ३००० मा फोन गरेर र न्युयोर्क प्रहरीलाई फोन गरेर शाहको खोजीमा सहयोगका लागि दवाव श्रृजना गरिदिन परिवारका तर्फबाट आग्रह समेत गरिएको छ ।

सम्बन्धित समाचार

Leave a Comment