यि सुपरस्टारले मिलाइदिए कपिल र सुनिलको झगडा, ‘कपिल शर्मा शो’ मा एकपटक फेरि देखिदैँ…

‘द कपिल शर्मा शो’ भारतको सर्वाधिक लोकप्रिय कार्यक्रम हो । दर्शकले यस शो लाई निकै नै रुचाउने गरेका छन् । तर केही हप्तादेखि ‘कपिल शर्मा शो’ बन्द भएको छ । दोस्रो पटक पिता बनिसकेपछि परिवारप्रति आफ्नो जिम्मेवारी पुरा गर्न कपिलले केही समयको लागि शो बाट ब्रेक लिएका हुन् ।

‘कपिल शर्मा शो’ पहिले भन्दा नयाँ तरिकाले दर्शकले धेरै मनोरञ्जन गराउने गरी पुनः प्रशारणमा आउने कपिलले बताएका छन् । अब कपिल शर्मा शो सुरु हुदाँ सुनिल ग्रोवर अर्थात डा.मशहुर गुलाटी पनि देखिने भनिएको छ । हुन त पहिले पनि सुनिललाई शो मा ल्याउने बताइएको थियो । तर सुनिल फर्केनन् ।

अहिले भने कपिल र सुनिलको झगडा पूर्ण रुपमा सकिसकेको छ र यी दुई एकअर्कासँग सहकार्य गर्नको लागि तयार पनि छन् । यी दुईलाई मिलाउने काम सलमान खानले गरेको बताइन्छ । सलमान खानको सम्बन्ध यी दुवै कलाकारसँग राम्रो रहेको छ । द कपिल शर्मा शो लाई हाल सलमान खानले नै निर्माण गरिरहेका छन् । कपिल शर्मा शो पुनः हेर्नको लागि दर्शक आतुर छन् । किनकी एकपटक फेरि सुनिल र कपिललको सहाकार्य हुन लागेको छ ।