पृथ्वीबाट उडेको झण्डै सात महिनापछी मंगल ग्रह पुगेको यानले पठाएको तस्बिर यस्तो छ !

काठमाडौँ : नासाले पठाएको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण गरेको छ । ‘अमेरिकी पर्सिभिअरेन्स’ नाम दिइएको यानले शुक्रबार बिहान २ बजेर ४० मिनेटमा मंगल ग्रहको सतह छोएको हो । यो यान नासाले अमेरिकाबाट उडाएको झण्डै सात महिनापछि मंगल ग्रहमा पुगेको हो । मंगल ग्रहमा यानले सफल अवतरण गरेपछि नासाका वैज्ञानिकले एक अर्कामा खुशी साटेका थिए ।

लामो समयपछि मंगल ग्रहमा सफल अवतरण गरेको यो यानले मानिसको जीवन मंगल ग्रहमा सम्भव छ या छैन् ? भन्ने बारेमा थप अनुसन्धान गर्नेछ । यानले मंगल ग्रहको भुई छुने बित्तिकै तस्बिर पठाएको थियो । जहाँ बालुवा, ढुंगा र चट्टान देखिन्छन् । नासाले सन् १९७० देखि मंगल ग्रहमा मान्छेको जीवन सम्भव छ कि छैन ? भन्ने बारेमा अनुसन्धान गरिरहेको छ ।

यसअघि यानले पठाएका तस्बिरमा माटो भिजेको देखिएपछि मंगल ग्रहमा पानी रहेको तथ्य नासामा कार्यरत नेपाली वैज्ञानिक लुजेन्द्र ओझाले बाहिर ल्याएका थिए । पानी भेटिएपछि मंगल ग्रहमा मान्छेको जीवनको खोजी भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *