न्युजल्याण्ड ले गर्यो भारत को रामधुलाई भारत को अहिले सम्मको ठुलो हार

साझा संजाल बुटवल  : आज भएको भारत भर्सेस न्युजल्याण्ड को पहिलो टि २० मा भारतको लज्जस्पत हार भएको छ ! भारत को अहिले सम्म कै ठुलो रन अन्तरले पराजित भएको छ ! त्यस्तै भारतीय महिला क्रिकेट टिम पनि आज न्युज्लायंड को महिला क्रिकेट टिम संग हारेको छ ! महिला क्रिकेट सकिए संगै सुरु भएको भारत पुरुस क्रिकेट मा टस जितेर पहिले बलिंग गर्ने निर्णय भारत का कप्तान रोहित शर्मा ले गरेका थिए !

ब्याटिंग को निम्तो पाएको न्युज्लैंड ले २० ओभर मा आफ्नो ६ विकेट गुमाउदै २ सय १९ रन बनायो जुन रन भारत को लागि एकदम मुस्किल थियो ! न्युज्लायंड को धमाकेधार सुरुवात भएको थियो ओपनिंग जोडीको पहिलो विकेट को लागि ८४ रङ को साझेदारी भएको थियो ! न्युज्लायंड का लागि धमाकेधार पारि खेल्दै विकेट किपर ब्यटस्मेंन टिम सिफेर्ट ले ४३ बल खेल्दै ७ चौका र ६ छक्का को मद्द्त मा ८४ रन बनाए ! त्यस्तै कोलिन मुनरो ले २० बलमा ३४ रन केन विलेम्सन २२ बल मा ३४ रन रोस टेलर ले १४ बल मा २३ रन त्यस्तै स्कट कुग्गेलेइजं ले ७ बल मा २० रन बनाउदै २१९ रन को बिशाल स्कोर खडा गरेका हुन् !

जवाफ मा ब्याटिंग को निम्तो पाएको भारत ले भने रोहित शर्मा कप्तान लाइ १ रन मै गुमाउन पुग्यो सबैमा ठुलो आशा भएका रोहित शर्मा ५ बल खेल्दै १ रन मा आउट हुदा सबै को मन मा निराशा देखिएको थियो ! धावन र विजय शंकर ले पारि लाइ समाल्न खोज्दै थिए २९ रन को पात्नार्शिप भैरहेका बेला धावन बोल्ड आउट हुन पुगे चौथो नम्बर मा आएका रिसब पन्त ले पनि केहि गर्न सकेनन ! १० बल्ल खेल्दै ४ रन मै आउट भए ! पाचौ नम्बर मा आएका महेन्द्र सिनग धोनीले पनि आफ्नो जादु देखाउन सकेनन ! धोनी र विजय को बीच मा हल्का पाटनर्शिप भैरहेका बेला विजय शंकर आउट हुन पुगे  ! छैठौ नम्बर मा आएका दिनेश कार्तिक ले पनि केहि गर्न सकेनन ! ६ बल खेल्दै ५ रन बनाएर आउट भए ! सातौ नम्बर मा आएका हार्दिक पाण्डे ले  पनि आफ्नो जादु देखाउना सकेनन ४ बल मा ४ रन हान्दै उनि पनि आउट भए ! त्यसपछि म्याच पूर्ण रुपमा न्युज्लायनड को पक्षयमा गएको हो ! कुर्नल पाण्डे र महेन्द्र शिंनग धोनीको बिचमा पाट्नरशिप भैरहेका बेला कुर्नाल आउट हुन पुगे ! उनले १८ बल खेल्दै १ चौका र १ छक्का को मद्दत मा २० रन मात्र बनाउन सके ! त्यसपछि धोनी पनि आउट भए धोनी ले ३१  बल खेल्दै  ५ चौका र १ छक्का को मद्दत मा ३९ रन मात्र बनाउन सके ! भारत ले १९.२ ओभरमा आफ्नो सबै विकेट गुमाउदै १३९ रन मात्र बनाउन सक्यो र न्युज्लाय्न्ड ८० रन ले बिजयी भयो !

भारतको लागि यो लज्जस्पत हार अनि अहिले सम्म को टि २० क्ष्रिन्खला को ठुलो रन को अन्तर को हार हो ! यो खेल न्युज्लैंड को आफ्नै मैदान मा भैरहेको छ ! एक्दिबसिया क्ष्रिन्खला भारत ले ४-१ ले जितेको छ ! न्युज्लैंड को लागि एकदिवसीय खेलको बदला लिने मौका छ ! ३ ओटा टि २० रहेको आजको पहिलो टि २० हो अब दोस्रो म्याच पोर्शी फेर्बरी ८ तारिक मा हुदै छ !

Related posts

Leave a Comment