आज सोमबार घट्यो सुन चाँदीकाे मूल्य !

काठमाण्डौं ।  साताकाे दाेस्राे दिन साेमबार सुनको मूल्य घटेको छ। साेमबार सुन प्रतिताेला २ सय रूपैयाँ घटेर ८७ हजार २ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियाे।

यस्तै तेजाबी सुन तोलामा ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ। सोमबार चाँदीको मूल्य पनि घटेकाे छ। सोमबार चाँदी १२ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *