अध्ययन भन्छः स्लिम केटीहरूको तुलनामा मोटी केटीसँग विवाह गर्ने पुरुष १० गुणा बढी खुसी हुन्छन् । यसरि ?

काठमाडौँ । विवाह एक शाश्वत सत्य हो। विवाहको फल खाने पनि पछुताउँछ नखाने त झन् नपछुताउने कुरै भएन भनेर कहानी नै बन्ने गर्दछ। यो बिचमा विवाहलाई लिएर अनेक मान्यता रहँदै आएका छन्।

विशेष गरी स्लिम केटीहरू आकर्षक हुने मान्यता रहँदै आएको छ। तर पछिल्लो समय एक अनुसन्धानका अनुसार यो कुरा गलत रहेको प्रमाणित गरेको छ। अनुसन्धानका अनुसार अधिकांश पुरुषहरू मोटी महिला मन पराउँछन्।

यस कारण कि, सबैभन्दा पहिला त मोटी केटीहरू श्रीमानलाई धेरै माया गर्छन् र हरेक समयमा साथ दिन्छन् भन्नुको अर्थ सजिलै छोडेर जान सक्दैनन्। नेशनल अटोनान्मस यूनिवर्सिटी अफ मेक्सिकोले गरेको अध्ययनमा स्लिम केटीहरूको दाँजोमा मोटी केटीहरूसँग सम्बन्धमा रहेका पुरुषहरू धेरै खुसी हुन सक्छन्।

अध्ययनमा भनिएको छ कि स्लिम केटीहरूको तुलनामा मोटी केटीसँग विवाह गर्ने पुरुष १० गुणा धेरै खुसी रहन सक्छन्। यस्ता महिलाहरू पुरुषलाई सिक्स प्याक लगायतका शारीरिक रूपमा तनाव हुने खालका कामहरू गर्न दबाब दिँदैनन्।

तर स्लिम केटीहरू यस्ता कुराहरूमा दबाब दिन्छन्। अर्को कुरा जो महिला मोटी छिन्। उनलाई मिठो परिकारहरू बनाउन झन्डै ९९ प्रतिशत आउने सम्भावना हुन्छ। यसरी खानेकुरामा पनि उनले श्रीमानको मन जित्न सक्छिन्।

अन्य कामहरूमा केही अल्छी गर्ने भए पनि खानेकुरामा मोटी केटीहरू अल्छी गर्न सक्दैनन्। अध्ययन भन्छ, मोटी महिलासँग सम्बन्धमा भएको केटा मानसिक रूपमा कहिल्यै तनाव नलिने प्रकृतिको हुन्छ। यसर्थः मोटी महिलाहरू शृङ्गार देखि लिएर अन्य विविध कुराहरूमा केटालाई दुःख दिने स्वभावका हुँदैनन्।

एउटा सत्य के हो भने जो मानिस मानसिक रूपमा ठिक हुँदैन उ नै धेरै दुब्लो पातलो हुन्छ। मोटी महिलाहरू कुनै पनि कुरा मनमा राखेर षडयन्त्र गर्ने खालका हुँदैनन्।

उनीहरू मनमा भएको कुरालाई तत्काल भन्छन् तर पछि सम्म राखेर बदला लिने स्वभावका हुँदैनन्। यसरी दाम्पत्य जीवन खुसी र सफल हुन्छ। उनीहरूले सन्तानलाई पनि यसरी नै प्रेम गर्छन् साथै परिवारलाई पनि।

यो पनि पढ्नुहोस ! ‘ए मेरो हजुर ४’ को क्लाइमेक्स दृश्य टिकटकमा भाइरल हुँदै

काठमाण्डौं। दर्शकमाझ सर्वाधिक प्रतीक्षित चलचित्र ‘ए मेरो हजुर ४’ आउँदो भदौ १८ बाट देशव्यापी रूपमा प्रदर्शनमा आउने भनिएको छ । यो चलचित्रको अहिले छायाङ्कन सकिएको छ । तर केही दिन अघि काठमाडौँको ग्रान्डी अस्पतालमा गरिएको एक सिन लिक भएपछि यति बेला टिकटकमा खुबै भाइरल भइरहेको छ ।

चलचित्रका निर्माता सुनिल कुमार थापाले यो कुराको गुनासो गरेका छन् । उनले चलचित्रको छायाङ्कनलाई गोप्य राख्नको लागि नै डेढ दर्जन प्राविधिक खटाएको तर त्यति गर्दा गर्दै कसैले कतैबाट भिडियो खिचेर भाइरल बनाइदिएको गुनासो पोखेका छन् । सुनिलले नेपालमा चलचित्र छायाङ्कन गर्नको लागि आफ्नो स्टुडियो नभएकाले यस्तो समस्या निम्तिएको बताएका छन् ।

सार्वजनिक भएको सिनमा अनमोल बिरामीको भूमिकामा देखिएका छन् भने उनको कपाल पनि छोटो छ । अनमोलको यहि लुक्स लुकाउने सुनिलको प्रयास रहेको थियो । तर त्यति गर्दा गर्दै पनि उक्त सिन लिग भएर अहिले निर्माण टिम तनावमा रहेको छ ।

२५ बर्षदेखि यो क्षेत्रमा निरन्तर काम गरिरहँदा पनि स्टुडियो बन्ने छाँटकाँट भने अझै नदेखिएको सुनिलले बताएका छन् । सार्वजनिक भएको सिन चलचित्रको क्वाइमेक्स सिन भएको बताइएको छ । ‘ए मेरो हजुर ४’मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, दुर्गेश थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

यो पनी पढ्नुहोस्ः वर्षौँपछि दिलीप र निरूताको भेट, रसाए निरूताका आँखा (भिडियो)

काठमाडौँ । चलचित्र दर्पण छाँयाबाट लोकप्रियता कमाएको जोडी हो दिलीप रायमाझी र निरुता सिंहको जोडी । नेपाली चलचित्रको इतिहासमा सबैले सम्झने नाम दर्पण छाँयामा एकसाथ काम गरेर लोकप्रियता कमाएको यो जोडीलाई दर्शकले यसरी मन पराए की उनीहरूको जवनकै एउटा मोड थियो ।

नायिका निरुताले यो कुरा आफै स्वीकार गरेकी छन् । दर्पण छाँयावाट हाम्रो जीवनमा नयाँ मोड आयो । त्यो हाम्रो लाइफकै टर्निगं प्वाइन्ट थियो, उनले एक अन्तरवार्ताका क्रममा भनेकी छन्, हामी विभिन्न रूपमा परिचित भयौँ ।

यसै क्रममा दिलीपले भने, तपाईँलाई नराम्रो देख्ने मान्छे अहिले सम्म भेटेको छैन । तर निरुताले भने दिलीपलाई भेटे भने अब गाली गर्छु भनेर आएको थिए । म गाली गर्छु । उनले दिलीपले आफूलाई मेन्टेन नगरेको देख्दा रिस उठेको बताएकी छन् ।

त्यती राम्रो नाच्ने, कलाकारीता गर्ने मानिसले आफुलाई मेन्टेन नगरेको देखेर मलाई दुख लागेको छ, निरुताले यसो भन्दा दिलिपले रमाइलो पाराले भने म त खादा पनि लुकेर खानु परेको थियो । भिडियो हेर्नुहोस्ः 

यो पनी पढ्नुहोस्ः चलचित्र ‘प्रेम गित ३’ भारतमा पनी रिलिज हुने
काठमाडौं – फिल्म ‘प्रेम गीत ३’ भारतमा रिलिज गरिने भएको छ । अभिनेता प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको यस फिल्म भारतमा रिलिज गर्ने तयारी गरिएको फिल्म निर्देशक सन्तोष सेनले बताए ।

मल्टिस्टारहरुको अभिनय रहेको यस फिल्ममा प्रदीप र क्रिस्टिनासहित शिव श्रेष्ठ ,सुनिल थापा, मनिष राउत लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको लागि मुम्बईस्थित ‘रियल टच स्टुडियो’मा पोस्ट प्रोडक्सनको काम गरी रहेको बताइएको छ । अहिले हिन्दी डबिङ र सम्पादनको काम सकिएको सेनले बताएका छन् । नेपालमा गएको बर्ष चैत २८ गते प्रदर्शन गरिने भनिएता पनि कोरोना संक्रमणका कारण प्रदर्शन भएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *