आज केदार घिमिरे ‘माग्नेबुढा’को जन्मदिन

काठमाण्डौं । चर्चित हास्यकलाकार केदार घिमिरे उर्फ माग्ने बुढाको आज जन्मदिन परेको छ । २०३२ साल चैत २८ गते मकवानपुरको ठिङ्गनामा जन्मिएका केदारले आज आफ्नो ४७ औं जन्मदिन मनाउदैछन् ।

२०५८ सालदेखि कलाकारिता शुरु गरेका केदारले हालसम्म हिजो आजका कुरा ,गीताञ्जली, तितो सत्य , लोकलहरी’, जिरे खुर्सानी, मेरी बाँस्सै आदि लगायतका हास्य सिरियलमा अभिनय गरिसकेका छन् ।

उनले दिनेश डिसी निर्देशित ‘६ एकान ६’ बाट फिल्म क्षेत्रमा लागेका थिए । आज उनको जन्मदिनको अवसरमा विहानैदेखि शुभकामनाको आइरो लागेको छ ।

उनको जन्मदिनमा सिताराम कट्टेल धुर्मुसले पनि शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिदै भनेका छन् – ‘जन्म दिनको धेरै धेरै शुभकामना प्रिय साथि एबम अभिभावक लाई !!’

यो पनी पढ्नुहोस्ः स्वेतालाई ‘प्रवल जनसेवा चतुर्थ श्रेणी’ विभूषण प्रदान, लेख्छिन्-कर्म गरे फल पाइने

काठमाण्डौं । नायिका स्वेता खड्का ‘प्रवल जनसेवा चतुर्थ श्रेणी’ पदकबाट सम्मानित भएकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार उनलाई पदकबाट सम्मान गरेकी हुन्।

पुरस्कारबाट सम्मानित भएपछि स्वेताले कर्म गरे फल पाइँने कुरा लेखेकी छन्। उनले सामाजिक सञ्जालमा पदकबाट विभूषित हुँदै गर्दा उनले आफ्नो राष्ट्र र समाजको लागि अझै शसक्त भएर अगाडि बढ्न थप प्रेरणा मिलेको उल्लेख गरेकी छन्।

उनि अगाडि लेख्छिन्, ‘मेरो कर्तव्य पथमा आइपर्ने समस्या, चुनौती, बाधा अनि अड्चनहरुलाई पन्छाउँदै निरन्तर पाइला चारिहन उत्साहित गर्ने यो पदकको मान र मर्यादालाई कायम राख्ने वाचाका साथ नेपाल सरकार लगायत मलाई साथ, सल्लाह, सुझाव र हौसला प्रदान गर्ने सम्पूर्ण इष्ट–मित्र, सञ्चारकर्मी, सहकर्मी लगायत सम्पूर्ण शुभचिन्तकहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *