इन्डियामा भाइरल भयो ३ बच्चाले गाएको नेपाली गीत, अभिनेता अनुपमले भने यस्तो !

बलिउड अभिनेता अनुपम खेर सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । उनी आफ्नो फ्यान्स माझ चर्चामा रहिरहन पछिल्लो समय रोचक पोस्ट गरिरहन्छन्। अनुपमको बच्चाहरुसँग खास लगाव छ र उनी सामाजिक सञ्जालमा बच्चाहरुसँग सम्बन्धित पोस्ट गरिरहन्छन्।

हालै उनले सडकमा गीत गाइरहेका तीन बच्चाको अत्यन्तै क्युट भिडियो शेयर गरेका छन्। ती बच्चाको समूहलाई अनुपमले ‘बेस्ट म्युजिक ब्याण्ड’ बताएका छन् र आफ्नो तर्फबाट अवार्ड पनि दिएका छन् ।

यो भिडियो शेयर गरी अनुपम खेरले लेखेका छन्-

‘सबैभन्दा बेस्ट म्युजिकल ब्याण्ड !! म यिनलाई वर्ल्ड टूरमा लैजान चाहन्छु। मेरो विचारमा यी बच्चाहरुले अस्पष्ट उच्चारणमा आशा र सधैँ एक राम्रो समयको सम्भावनाबारे गाइरहेका छन्। मलाई लाग्छ यो गीतको शब्दले दुनियाँ अहिले जुन कठिनाईबाट गुज्रिरहेको छ त्यसबारे बताईरहेको छ । तर शायद हामी सबै ठिक हुनेछौँ।

सबैभन्दा उत्कृष्ट गीतको मज्जा लिनुहोस् । म यिनलाई ग्रामी अवार्डको लागि नोमिनेट गर्न चाहन्छु र यिनलाई विजेता घोषित गर्छु । तपाई पनि सहमत हुनुहुन्छ नि ?’

यो पनी पढ्नुहोस्ः यि हुन् २०२१ मा बिहे गर्ने योजनामा रहेका बलिउड सेलिब्रेटी…

काठमाण्डौं । कोरोनाका कारण सन् २०२० सबैको लागि सकसपूर्ण रह्यो । आफूले योजना बनाए अनुसार कसैले पनि काम गर्न सकेनन् । धेरै बलिउड सेलिब्रेटीहरुले २०२० मा विवाह गर्ने योजना बुनेका थिए । तर कोरोनाका कारण योजना सफल हुन सकेन ।

अब २०२० मा अधुरै रहेको विवाहलाई धेरै बलिउड सेलिब्रेटीले २०२१ मा पुरा गर्ने भएका छन् । पछिल्लो समयमा सर्वाधिक चर्चामा रहेका जोडी रणवीर कपुर र आलिया भट्टले २०२० मा बिहे गर्ने योजना रहेको बताएका थिए । तर कोरोनाका कारण हुन सकेन । उनीहरुले २०२१ मा आफ्नो विवाह हुने सम्भावना प्रवल रहेको बताएका छन् ।

यस्तै अर्का जोडी हुन् अर्जुन कपुर र मलाइका अरोरा । यी दुइ विगत २ बर्षदेखि प्रेममा छन् । यी दुईले पनि सन् २०२० मा नै विवाह गर्ने बताएका थिए । तर अब उनीहरुले २०२१ मा बिहे गर्ने सोच रहेको बताएका छन् । बिहे हुन्छ वा हुदैँन त्यसको टुंगो भने छैन ।

यी लगायत सुष्मिता सेन र कता कता टाइगरले पनि प्रेमिका दिशासँग बिहे गर्ने खबर आइरहेको छ तर टाइगर र दिशा दुवैले यसबारे कुनैपनि जानकारी भने दिएका छैनन् ।

यो पनी पढ्नुहोस्ः यी बलिउड सेलिब्रेटीसँग अनुहार मिल्ने व्यक्तिहरु

एजेन्सी – भन्ने गरिन्छ कि – उस्तै अनुहार भएका सात व्यक्ति सम्म पृथ्वीमा हुन्छन्। कहिले काहिँ यो भनाई हामी हकिकतमै मिलेको पनि पाउँछौँ। उस्तै अनुहार भएकै कयौं व्यक्ति वास्तविकतामै हामी देख्न पाउँछौँ। चर्चित कलाकार तथा हस्तीहरु जस्तै अनुहार भएका व्यक्तिहरु पनि समय-समयमा चर्चामा आउने गरेको पाइन्छ। आज हामी यहाँ बलिउड कलाकारसँग अनुहार मिल्ने केहि व्यक्तिहरु बारे चर्चा छौँ।  को कलाकारको अनुहार कोसँग मिल्छ ? हेर्नुहोस्

अमिताभ बच्चन

अमिताभ बच्चन यस्तो नाम हो, जसको अनुहार मात्र नभई मानिसहरु आवाज पनि चिन्छन्। भारतीय चलचित्र क्षेत्रमा ४ दशक भन्दा बढी समय राज गरिसकेका अमिताभ बच्चनसँग अनुहार मिल्ने कयौं व्यक्ति चर्चामा आइसकेका छन्। त्यसमध्ये आन्ध्र प्रदेशका गोपी अलि बढी नै चर्चित छन्। उनलाई “आन्ध्र अमिताभ” भनेर पनि चिनिन्छ।

सैफ अली खान

बलिउड इंडस्ट्रीका प्रसिद्ध तथा दिग्गज अभिनेता सैफ अली खानको जस्तै देखिने एक व्यक्ति पनि चर्चामा आइसकेका छन्। केहि समय अगाडी सैफसँग अनुहार मिल्ने पेट्रोल पम्प कर्मचारी भाइरल भएका थिए। उनी ठ्याक्कै सैफ जस्तै छन्।

जोन अब्राहम

बलिउड उद्योगका प्रसिद्ध अभिनेता जोन अब्राहमसँग अनुहार मिल्ने व्यक्तिको नाम मुबाशीर मलिक हो। उनको अनुहार जोन अब्राहमसँग यति मिल्दोजुल्दो छ कि, दुवैलाई एकै ठाउँमा राख्ने हो भने चिन्न हम्मे-हम्मे पर्छ।

रणबीर कपूर

रणबीर कपूरसँग अनुहार मिल्ने व्यक्ति जुनैद शाह हुन्। जुनैद शाह रणबीरसँग धेरै मिल्दो-जुल्दो छ। तर, शाहको निधन भइसकेको छ।

ऋतिक रोशन

अभिनेता हरमन बवेजा र ऋतिक रोशन उस्तै-उस्तै देखिन्छन्। बवेजाको अनुहार ऋतिकसँग ठ्याक्कै मिल्छ। बवेजाले पनि चलचित्रमा काम गरिसकेका छन्। उनले “लव स्टोरी २०५०”मा काम गरेका थिए।

अक्षय कुमार

काश्मिरका निवासी एक व्यक्तिको अनुहार अक्षय कुमारसँग मिल्छ। उनको नाम माजिद मीर हो। केहि समय अगाडी उनको तस्विर सामाजिक संजालमा धेरै नै भाइरल भएको थियो।

One thought on “इन्डियामा भाइरल भयो ३ बच्चाले गाएको नेपाली गीत, अभिनेता अनुपमले भने यस्तो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *