नेपाली युवाले बनाएको यात्री मोटरसाइकल सार्बजनिक, मूल्य कति ?

काठमाण्डौं । लामो समयको प्रतिक्षापछि नेपालमा बनेको पहिलो इलेक्ट्रिक बाइक यात्री सार्वजनिक भएको छ । यात्री मोटरसाइकल नामक नेपाली स्टार्टअप कम्पनीले साढे ३ वर्ष लगाएर विकास गरेको इलेक्ट्रिक बाइक यात्रीका दुई वटा मोडेल सार्वजनिक गरिएको हो।

कम्पनीले सुरुवाती समयमा पी जेरो र पी वान गरी दुई वटा मोडेल बजारमा ल्याएको छ । बाइक सार्वजनिक भएसँगै यसको प्रिअर्डर समेत खुल्ला भएको यात्री मोटरसाइकलका सहसंस्थापक असिम पाण्डेले बताए ।कम्पनीको वेबसाइटबाटै यात्री मोटरसाइकलको प्रिअर्डर गर्न सकिनेछ।

कम्पनीको प्रिमियम बाइक पी जेरोको मूल्य १९ लाख ४९ हजार रुपैयाँ राखिएको छ भने पी वानको मूल्य ४ लाख ९५ हजार रुपैयाँ छ ।प्रि अर्डर प्राप्त भएको ४ महिनामा मोटरबाइक उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कुराकानीमा सहसंस्थापक पाण्डेले शक्तिशाली र अत्याधुनिक ब्याट्री प्रयोग गरिएकै कारण बाइकको मूल्य केही महंगो हुन पुगेको बताए ।