पब्जी खेल्नकै लागि अष्ट्रेलिया बाट फर्केका युगिन…

काठमाडौं । पब्जी मोबाइल गेम पछिल्लो समय किशोर र युवा पुस्तामाझ लोकप्रिय छ । २०१७ को मार्चमा यो गेम विश्वव्यापी रुपमा सार्वजनिक भएको थियो । नेपालमा पनि सोही वर्षको अन्त्यतिर उपलब्ध भएको यो गेमको क्रेज निरन्तर बढिरहेको छ ।

झापाका युगिन सम्बाहाम्फे लिम्बु (हाल काठमाडौं) पनि सुरूका दिनमा साथीभाइसँग पब्जी गेम खेल्ने गर्थे । पब्जी नेपालमा भित्रिएको केही महिनामै उनी एमबीए अध्ययनका लागि अष्ट्रेलिया गए ।

अष्ट्रेलिया पुगेपछि त उनी झनै पब्जी खेल्न थाले । युगिन पढाइ र कामपछिको खाली समय सबै पब्जी खेलमै बिताउँथे ।

देश र आफन्तदेखि टाढा विदेशमा बसिरहेको बेला पब्जीमार्फत दाजुभाइ र साथीसँग जोडिन पाउँदा उनलाई नेपालमै भएको महसुस हुन्थ्यो । पब्जी खेलमा उनी यति धेरै रमाउन थाले कि, काम वा कलेजबाट फर्किरहँदा गाडीमा समेत पब्जी नै खेलिहरेका हुन्थे ।

उनी ‘ज्यानमारा स्पोर्ट्स’ को नामबाट ब्याटल ग्राउण्डमा उत्रिन थाले । पब्जी गेमिङ तथा ईस्पोर्ट्समा रुचि राख्नेहरुका लागि पक्कै पनि यो नाम नौलो होइन ।

२०१८ तिर बनेको टिमलाई युगिनले ‘ज्यानमारा’ नाम दिए । तर पब्जीमा दर्ता गराउन ज्यानमारा नाम एकदमै आक्रमक सुनियो । गेमको प्रकृतिअनुसार नाम त सुहाउँदाे नै थियो । तर यसको शाब्दिक अर्थ भने हिं’सात्मक थियो ।

यसैले गर्दा दर्ता प्रक्रियामै अप्ठ्यारो आउने देखेपछि युगिनले टिमको नाम ‘ज्यानमारा’ बाट ‘जेएम स्पोर्ट्स’ मा परिवर्तन गरिदिए । पब्जी गेम खेलिरहँदा युगिनको समय रमाइलोमा मात्र बितिरहेको थिएन ।

उनले आफूजस्तै पब्जी खेलमा लाग्नेहरुको जमात पनि फेला पारेका थिए । र, त्यसभित्रबाटै एउटा बलियो टिम पनि तयार पारिसकेका थिए । पब्जी गेमका स-साना लोकल टुर्नामेन्टहरु आयोजना भइरहन्थे । टिमले दिनहुँ ५/६ वटा टुर्नामेन्ट खेल्न थाल्याे र जित्न पनि थाल्याे । टेकपाना बाट