आज ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार तोलाको ९१ हजार ६ रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ९ सय रुपैयाले बढेर तोलाको ९२ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ३ सय ५० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनी पढ्नुहोस्ः घट्यो अमेरिकी डलरको मूल्य, हेर्नुहोस कुन देशको कति पुग्यो ?
काठमाडौँ/ नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६५ रुपैयाँ २९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  बाँकी तालिकामा हेर्नुहोस्ः