आज देशभर ७३६८ जनामा कोरोना संक्रमण, १४५ जनाको नि’धन

काठमाडौं / आज देशभर ७ हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४३९ जनाको पिसिआर र ३४४ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको छ। पिसिआर विधिबाट ७  हजार ३१६ र एन्टीजेन विधिबाट ५३ जना संक्रमित पुष्टि भएका हुन्।

यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २६३ पुगेको छ। आज देशभर ६ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। देशभर ७०१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज देशभर १४५ जना संक्रमितको नि’धन भएको छ। स्वास्थ्य खबर