कोकाकोला बहिष्कार गर्ने रोनाल्डो माथि मैदानमा कोककै बोतलको झटारो !

काठमाण्डौं । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोमाथि फ्रान्सका समर्थकले कोकको बोतल प्र’हार गरेका छन्। कोक ब’हिष्कार गर्ने उनीमाथि कोककै बोतल प्र’हार भएको हो।

फ्रान्सविरुद्ध दोस्रो गोल गरेसँगै फ्रान्सका समर्थकले रोनाल्डोमाथि कोकको बोतल, बियरसहितको ग्लास प्र’हार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

बिहीबार राति भएको खेलमा रोनाल्डोले पोर्चुगलको लागि दुई गोल गरेका थिए। दोस्रो हाफमा २–१ ले पछि परेको अवस्थामा रोनाल्डोले खेलको ६० औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए।खेल बराबरीमा सम्पन्न भएको थियो। रोनाल्डोले हालै युरोकपकै पत्रकार सम्मेलनमा आफ्नो टेबल अगाडिको कोकको बोतल हटाएर पानी पिउन भनेका थिए।

सो घटनापछि कोकाकोला कम्पनीको सेयरमा गिरावट आउँदा ४ अर्ब अमेरिकी डलर घाटा भएको थियो। यतिबेला याे घटनासँगै विश्वभर कोक बहिष्कार गर्ने रोनाल्डोलाई कोककै झटारो भनेर चर्चा भइरहेकाे छ।

सम्बन्धित समाचार

Leave a Comment