नेपालमा नक्कली नोटको बिगबिगी, नक्कली नोट छाप्ने मेसिन सहित श्रीमान श्रीमती पक्राउ सक्दो सेयर गरौँ ।

पोखरा– पोखरा महानगरपालीकामा नक्कली नोट छाप्ने मेसिन सहित दम्पती प्रकाउ परेका छन् । नक्कली नोट र नोट प्रिन्ट गर्ने प्रिन्टर सहित २ जना श्रीमान श्रीमतीलाइ प्रहरीले प्रकाउ गरेको हो । पोखरा आसपासमा विभिन्न स्थानहरूमा नक्कली पैसा कारोवार गर्दै आएका उनिहरूलाइ जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको हो । पोखरा १६ अर्मलाका विभिन्न किराना पसलहरुमा नक्कली पैसा दिएर रिचार्ज कार्ड लगायतका अन्य सामाग्री लिएर फरार भएको सूचना पाएपछि प्रहरीले पक्राउ गरी थप आवस्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी रविन्द्र गुरुङले बताए ।

‘नक्कली नोटको कारोवार गरेको आरोपमा पक्राउगरी प्रहरीले आवस्यक अनुसन्धान गर्दै छ’ उनले भने। ‘अनुसन्धान सकिएपछि पछि वास्तविकता सार्वजनिक गछौं,’ गुरुङले भने । ग १४ प ३५४ नम्बरको डुक मोटरसाईकलसहित अर्मला पुगेका उनीहरुले १ हजारका नक्कली नोट दिएर रिचार्ज कार्ड खरिद गरेका थिए । प्रहरीले मकवानपुर हेटौंडा घर भई हाल पोखरा महानगरपालिका–५ पर्स्याङस्थित धारामार्गमा डेरा गरी बस्ने ३२ बर्षका नरेश लामा र निजकी श्रीमती वर्ष २५ की सरस्वती बलामीलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट १ हजारका १९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने १ थान कलर प्रिण्टर, एनटिसी र एनसिएलका ९० हजार बराबरको रिचार्ज कार्ड, एउटा ल्यापटप, २ वटा मोवाईल र केही भारतीय नोट बरामद भएको प्रहरीले जनाएको छ ।

फेरी कश्मीरमा भिडन्त, मुख्य मेजर सहित ७ भारतिय सैनिक मारिए

श्रीनगर: भारतको कश्मिरमा भएको पृथकवादी विद्रोहीसंग भिषण गोली फायरिङ्गमा आइतबार मेजर सहित सातजना भारतिय सैनिकहरूको मृत्यु भएको छ । कश्मिरको पुलवामा ४ दिन अघी पनि विद्रोही संग भएको आत्मघाती आक्रमणमा परी ४४ भारतिय सैनिकको ज्यान गएको थियो । विहिबार भएको आत्मघाती आक्रमणको अनुसंन्धान भैरहेको र आतंककारीको खोजीमा निस्केका सैनिकहरू माथि आक्रमणकारीले आक्रमण गरेको थियो । भिडन्तका क्रममा एकजना लेफ्टिनेन्ट कर्णेल र ब्रिगेडियरसहित पाँच सेना र एक सर्वसाधारण घाइते भएका छन् ।

भारत प्रशासित कश्मीरको प्रमुख शहर श्रीनगरबाट ४० किलोमिटर दक्षिणमा गोली हानाहान भएको बताइएको छ । यो भिडन्तका क्रममा विद्रोहीतर्फ कम्तीमा पनि तीनजना मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुल्वामामा भएको आत्मघाती आक्रमणमा पाकिस्तानको हात रहेको भारतले दाबी गर्दै आएको छ । भारत प्रशासित कश्मीरमा भारतीय सुरक्षा बल लक्षित भीषण आक्रमण तीन दशकयताकै ठूलो रक्तपातपूर्ण घटना हो । छुट्टी मनाएर काममा फर्कँदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ वटा सवारी साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानमार्फत् आत्मघाती आक्रमण गरिएको थियो ।

यस आक्रमणको जैस ए मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको थियो । सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि कश्मीरलाई भारत र पाकिस्तानतर्फ विभक्त गरिएको थियो । आणविक हतियार भएका भारत र पाकिस्तानबीच कश्मीरको विषयलाई लिएर तीन पटक युद्ध भइसकेको छ । मसुद अजहरको नेतृत्वमा रहेको जैस ए–मोहम्मद आतङ्ककारी समूहलाई पाकिस्तानले पूर्णरुपमा स्वतन्त्रता दिएको र पाकिस्तानको नै नियन्त्रणमा यसले बढावा पाइरहेको भारतको दाबी छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को आक स्मिक बैठकपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्ककारी समूह र उनका मालिकले ठूलो गल्ती गरेका र यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएको थियो ।

प्रधानमन्त्री मोदी, वित्तमन्त्री अरुण जेट्ली र भारतका अन्य उच्चस्तरीय नेताहरुले यस आक्रमणलाई घृणित कार्यको संज्ञा दिनु भएको छ । पाकिस्तानले भने भारतको दाबी असत्य रहेको जनाएको छ । भारतीय सञ्चारमाध्यम र सरकारले कश्मीर आक्रमणमा पाकि स्तानको संलग्नता रहेको भनी गरिएको दाबी असत्य भएको र कुनै किसिमको अनुसन्धान बेगर पाकिस्तानविरुद्ध भारतले आरोप लगाउनु दुःखद भएको पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

यो पनी

अस्ट्रेलियामा दुई नेपाली चेलीहरूले सञ्चालन गरे नर्सिङ कलेज, नेपालीहरूले पनि पढ्न पाउने । पुरा पढ्नुहोस्

अस्ट्रेलिया सिड्नी ।  नेपालका दुइ जना चेलिहरूले अस्ट्रेलियामा नर्सिङ कलेज सञ्चालन गरेका छन् । एकदमै बाक्लो बस्ती रहेको अस्ट्रेलियाको दक्षिण तर्फ रहेको सिड्नी क्षेत्रको सदल्याण्डामा लगभग तिन दशक अगाडी नै खुलेको अस्ट्रेलियन नर्सिङ तथा ट्रेनिङ सिभिसेजको स्वामित्वमा उनीहरूले नर्सिङ कलेज सुरु गरेका हुन् । नेपालको बागलुङ घर भएकी राधिका शर्मा र काभ्रेकी उषा नेपाल दुवै जन नै अस्ट्रेलियाका नेपनली नर्स हुन । उनीहरू ३ वर्षको फरकमा २००५ र २००८ मा अस्ट्रेलिया पुगेका २ चेलीहरू नेपालमा उनीहरू फरक फरक काम र बसाइ पनि फरक फरक ठाउँमै थियो । उषाले नेपालमा रेडियो पत्रकारिता सम्बन्धी काम गर्थिन भने राधिकाको साहित्यमा उत्तिकै रुचि थियो ।

नेपालमा अंग्रेजी भाषा प्रशिक्षकका रुपमा काम गरेकी राधिकाको साहित्यमा उत्तिकै रुचि थियो । उषा नेपालमा रेडियो पत्रकारितामा जमेको नाम पनि हो ।अस्ट्रेलिया आएपछि अलिकति आवश्यकता र धेरै बाध्यताले उनीहरुलाई नर्सिङ पेशामा पुर्‍यायो । यी चेलीहरुहरुलाई नर्सिङ पेशाले साथी बनायो । र, व्यवसायिक सहयात्री पनि । उनीहरुको व्यवसायिक सहकार्यहरुलाई उषाको भाषामा भन्ने हो भने – यो यात्रा(यात्राबीचको सहयात्रा हो । अस्ट्रेलियामा राधिकाको नर्सिङ यात्रा अस्ट्रेलियन नर्सिङ तथा ट्रेनिङ सर्भिसेजकी कार्यकारी प्रमुख राधिका शर्मा अहिले चार बच्चाकी आमा पनि हुन् । बाग्लुङमा माध्यामिक शिक्षा पूरा गरी उनी काठमाडौं आइन् । पद्म कन्या क्याम्पसमा अंग्रेजी साहित्य र गणितमा स्नातक शिक्षा पूरा गरिन् ।

अंग्रेजी साहित्यमा स्नातकोत्तर पढ्दै गर्दा २००५ मा अस्ट्रेलिया आएकी उनले २००६ देखि नर्सिङ पेशा सुरु गरिन । संयोग नै भन्नुपर्छ उनले नर्सिङ पेशा सुरु गर्नुअघि अहिले आफै प्रमुख भएको कलेजकी विद्यार्थी पनि हुन् । आफ्नो बच्चाको स्वास्थ्य जाँचका क्रममा भेटिएकी एक साथीको सुझावमा उनले यही कलेजमा नर्सिघको आधारभूत कक्षा सुरु गरेकी थिइन् । प्रशिक्षार्थीका रूपमा काम गर्न गएको नर्सिङ होममा उनले जागिर पनि पाइन् । त्यहीँ ५ वर्ष काम गरिन् । अहिले उनी प्रमुख रहेको कलेजले नर्सिङ प्रशिक्षका रुपमा पनि बोलायो । उनले यही नर्सिङ पढाइन् । पछि अस्ट्रेलियन क्याथलिक युनिभर्सिटीबाट २०१० मा नर्सिङमा स्नातक गरिन् ।

पढाइ जारी रहँदै उनले सेन्ट भिन्सेन्ट प्राइभेट अस्पतालमा विद्यार्थी नर्सका रुपमा काम गरिन् र पछि २०११ मा सोही हस्पिटलमा जागिर पाइन् । अहिले त्यहाँ उनी रजिस्टर नर्सका रुपमा निरन्तर कार्यरत नै छिन् । उनले न्युरो साइन्समा पोस्ट ग्राजुएट पनि पूरा गरेकी छिन् । अस्ट्रेलियाको आप्रवासन कानूनमा पनि पोस्ट ग्राजुएसनसम्मको अध्ययन पनि पूरा गरेकी छिन् । विगत दश वर्षदेखि नर्सिङको प्रशिक्षण पनि गरिरहेकी छिन् । उषा नेपालको अस्ट्रेलिया यात्रा काभ्रेमा जन्मेर काठमाडौँ कन्या क्याम्पसबाट ब्यबस्थापनमा स्नातकसम्मको अध्यन पूरा गरेकी उषा नेपाल अहिले दुई बच्चाकी आमा हुन् । २००८ को डिसेम्बरमा अस्ट्रेलिया आएकी उनको नेपालमा परिचय एक कुशल रेडियो पत्रकारका रुपमा थियो । २००१ मा काठमाडौंको एचबीसी एफएममा बाल कार्यक्रम सञ्चालकका रुपमा पत्रकारिता सुरु गरेकी उषा नेपालले दक्षिण यसियाको पहिलो सामुदायिक रेडियो सगरमाथाको समाचार शाखामा २००३ देखि काम गरिन् ।

सोही वर्ष उनले रेडियो नेपाल लगायत ५० भन्दा बढी स्टेशनका लागि रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने एन्टेना फाउन्डेसनमा विजनेश यात्रा नामक कार्यक्रमबाट प्रवेश गरिन् । उनले छिनोफानो नामक कार्यक्रमका लागि गाउँगाउँमा पुगेर रिपोर्टिंङ पनि गरिन् । रेडियो पत्रकारिताको तालिमका लागि उनी जर्मनी पनि गइन् । उनको पहिलो बच्चा जन्मेकाले गाउँगाउँ गएर समाचार संकलन गर्ने रहर स्थगित भयो । अनलाइनखबरसँगको कुराकानीमा उनले भनिन्– समाचार सञ्चालककै क्रममा रारा पुग्ने रहर बाँकि रह्यो । दुई वर्षकी छोरी नेपालमै छोडेर उनी अस्ट्रेलिया आइन् । फेरि ब्यबस्थापनमै स्नातक पढिन् । नेपालको पत्रकारिताको रुचिलाई यथाबत राख्न अस्ट्रेलिया आएपछि पनि २००९ मा नेपाली भाषाको ‘रेडियो आवाज’ सुरु गरेको र अस्ट्रेलियाको नेपाली पत्रका ३२ पेज एक्लैले टाइप गर्ने गरेको स्मरणले उनी अहिले पनि गौरबान्वित हुन्छिन् ।

उनले ब्यबस्थापनमा पढाइ सकेर सोही बिषयगत जागिर पनि पाइन् तर अस्ट्रेलियाको बसाइमा बच्चाको हेरचाह गर्न निकै कठिनाइ भएकोले उनले २०१२ पेशा परिवर्तन गर्ने सोचाइ बनाइन् । नर्सिङको पढाइ सुरु गरिन् । पढाइसंगै प्रयोगात्मक गर्न गएको नर्सिङ होममा जागिर पनि पक्का भयो । आफ्नो क्षमताको अभिवृद्धि गर्ने सोचाइसँगै उनले २०१४ मा रजिस्टर नर्सको पढाइ पनि सुरु गरिन् । २०१६ मा नर्सिङमा स्नातक सकिन । सिड्नीको कोग्राहस्थित सेन्ट भिन्सेन्ट पब्लिक अस्पतालमा विद्यार्थी नर्सका रुपमा काम गर्दै गर्दा त्यही रोजगारी पनि मिल्यो, अहिले उनी सेन्ट जर्जेज अस्पतालमा रजिस्टर नर्सका रुपमा कार्यरत छिन् । उनी नर्सिङ प्रशिक्षक पनि हुन् । उनलाई पनि आफ्नो काममात्र होइन केही न केही त नयाँ पनि गर्नु पर्‍यो भनेर सल्लाह गर्दै गर्दा उनको एक वर्षअघि राधा शर्मा यो नर्सिङ कलेजमा संगै लगानी गरेर जाने सल्लाह भयो । ‘दुवै जना एकै पेशाका साथी भएकाले यात्रा(यात्राकै बीचमा सहयात्रा सुरु भो ,’ उषाले थपिन ।

अस्ट्रेलियन नर्सिङ कलेजको कथा नर्सङ क्षेत्रको आधारभूत ज्ञानसहितको दक्ष् जनशक्ति तयार गर्न अस्ट्रेलियन नर्सिङ तथा ट्रेनिङ सिभिसेजको सुरुवात १९९० मा भएको थियो । यहाँको सरकारी निकायमा तालिम प्रदायक सस्थाका रुपमा दर्ता भएको यो सस्थाको स्वामित्व २०१७ देखि राधा शर्माले लिएकी थिइन् । २०१९को सुरुवातदेखि उषा नेपालले पनि लगानी गरेकी छन् । अस्ट्रेलियामा अझै पनि पर्याप्त संख्यामा योग्य नर्सिङ पेशाकर्मीको आवस्यकता भएको र आफ्नो अनुभव पनि भएकोले कलेज सञ्चालन गरेको राधिका र उषा दुवैको भनाइ छ । यही नर्सिङ कलेजबाट धेरै नेपालीले आधारभूत नर्सिङ शिक्षा लिएको र रोजगार पनि भएको उनीहरुको दावी छ । अहिले यो कलेजमा झन्डै तीनसय विधार्थी भर्ना भएका छन् । पढाइ सकेर यहाको नर्सिङ क्षेत्रको दक्ष् जनशक्तिका रुपमा प्रतिहप्ता न्युनतम पाँचजनाले काम पनि पाइरहेको कार्यकारी प्रमुख राधिका शर्माको भनाइ छ । साधारण अंग्रेजी लेखपढ गर्न जान्ने विद्यार्थी आफ्नो रुचि र आवश्यकता अनुसार नर्सिङको सर्टिफिकेट तीन वा चार पढ्न सक्छ ।

यहाँ अहिले इन्डिभिजुअल सपोर्ट, येजिंग सपोर्ट, डिस्याबिली, लिजर एण्ड हेल्थ र हेल्थ सर्भिस असिस्टेन्ट गरी पाँच वटा बिषयमा आधारभूत नर्सिङको पढाइ हुन्छ । आफ्नै प्रयोगशाला, पुस्तकालय र अत्याधुनिक कक्षा कोठासहितको भवनमा पढाइ हुने यो कलेजको छिटै शाखा बिस्तार गर्ने र डिप्लोमा सम्मको स्तरोन्नती गर्ने सपना दुवै जनाको छ । अहिले अस्ट्रेलियाका आन्तरिक विद्यार्थी मात्र अध्ययन गर्ने यो कलेजसंगै भएको रोजगार एजेन्सीले काम मिलाइदिने ब्यबस्था पनि छ । प्रमुख ब्यबस्थापक राधिका शर्माका अनुसार–यहाँ विद्यार्थीलाई आधारभूत नर्सिङ कक्षा मात्रै होइन रोजगारी केन्द्रित अन्तर्वार्ता कला, रेजुमी लेखन र संचार कलाको विकास गर्न छुट्टै कार्यशालाहरु पनि आयोजना गरिन्छ ।

यो कलेजले अस्ट्रेलियामा बेरोजगारी भत्ता लिएकालाई स्वरोजगार मुलक तालिम दिएर रोजगारीमा पठाउन, सरकारबाट अनुदान पनि प्राप्त गरेको छ । अस्ट्रेलियन सरकारको सहकार्यमा ग्रामीण हन्टर तथा अरेन्ज इलाकाका त्यहाँका स्थानीयवासीलाई नर्सिङ पढाउने परियोजना पनि हालै सुरु गरेको छ ।

अनलाइनखबरबाट साभार

 

Related posts

Leave a Comment