इनार खन्दा श्रीलंकामा भेटियो १२ अर्ब रुपैयाँ मूल्य बराबरको संसारकै ठूलो नीलमणी

एजेन्सी । श्रीलंकामा इनार खन्दा बहुमूल्य नीलमणि फेला पारेका छन् । श्रीलंकाका अधिकारीहरूले उक्त नीलमणि संसारकै सबैभन्दा ठूलो रहेको समेत दाबी गरेका छन् ।

बिबिसीका अनुसार रत्नहरू प्रशस्त पाइने श्रीलंकाको रत्नपुरा क्षेत्रमा केही कामदारले इनार खन्दा उक्त नीलमणि फेला पारेका हुन्। एक जना रत्न व्यापारीले आफ्नो घरको छेउमा इनार खन्न लगाएका थिए।

विज्ञहरूले ५१० किलोग्रामको उक्त नीलमणिको अन्तर्राष्ट्रिय बजार मूल्य अहिले १० करोड डलर (११ अर्ब ८८ करोड रुपैयाँ) रहेको बताएका छन्।

रत्नपुरामा अरू प्रकारमा बहुमूल्य रत्न पनि पाइन्छन्। श्रीलंका अन्तर्राष्ट्रिय बजारमा रत्न निर्यात गर्ने प्रमुख मुलुक रहेको छ । गत वर्षमात्रै श्रीलंकाले रत्न बेचेर झन्डै आधा अर्ब अमेरिकी डलर कमाएको थियो।

अहिले भेटिएको नीलमणि ४० करोड वर्ष पहिले बनेको हुनसक्ने विज्ञहरूको भनाइ छ।

सम्बन्धित समाचार

Leave a Comment