सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कतिमा हुदै छ कारोबार? हेर्नुहोस्

१५ साउन २०७८, काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको भाउ तोलामा ५ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ९ सय कायम गरेको छ । बिहीबार तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्य पनि बढेर तोलाको ९२ हजार ४ सय कायम गरिएको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १२ सय ८५ कायम भएको महासंघले जनाएको छ । बिहीबार १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

Leave a Comment