राजेश पायल राईको स्वरमा ‘फर्क न छोरा’ सार्वजनिक {भिडियो}

काठमाडौं । गायक राजेश पायल राईको स्वरको ‘फर्क न छोरा…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा केशव शर्मा दाहालको शब्द रचना तथा संगीत तथा चन्दु गोर्खालीको संगीत संयोजन गरेका छन् ।

साे सार्वजनि भिडियोमा विविध कारणले विदेशिएका युवाहरुको घरमा एक्लिएका बाबु-आमाको निरश जीवन र पीडाको कथा चित्रण गरिएको छ। केशव शर्मा दाहालकै प्रस्तुतिमा निर्माण भएको मार्मिक भिडियोमा नाट्य कर्म तथा चलचित्र तथा टेलिचलचित्रमा सक्रिय कलाकारहरु कमलमणि नेपाल र सरिता गिरिले मुख्य भूमिकामा अभिनय गरेका छन् ।

उनीहरुसंगै भिडियोमा अन्य रंगकर्मी कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ । भिडियो ‘केशव एस। दाहाल अफिसियल’ युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । प्रविण खतिवडाले निर्देशन गरेको भिडियोमा महेश पौडेलको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ ।

भिडियोको छायांकन काभ्रेको रयाले, बनेपा, तिनपिप्ले लगायतका स्थानहरुमा गरिएको हो । हाल अमेरिकामा बसोबास गरिरहेका केशव शर्मा दाहालले आफ्नै स्वरमा यसअघि ‘चौतारीमा बसौं न पियारी’, ‘वैशैमा लाको पिरती’ लगायतका गीतहरु सार्बजनिक गरिसकेका छन् ।

भानु जयन्तीको अवसर पारेर उनको ‘भानु तिम्रो रामायणले’ बोलको भजन हालै सार्वजनिक भएको थियो ।

सम्बन्धित समाचार

Leave a Comment