घिरौला जति धेरै हेला, उति धेरै फाईदा – यस्ता छन् घिरौला खानुका १० फाइदा जान्नुहोस् !

काठमाण्डौ । घिरौला हामी सबैलाई थाहा भएको र हामीले भान्सामा तरकारी बनाउदैँ खादैँ पनि आएका हौंला । यो एक ग्रीष्म वर्षा यामको लहरे तरकारी बाली हो ।

घिरौला खेताको लागी तातो (२५.३) डि.से र ओसिलो मौसममा राम्रो सप्रने गर्दछ । घिरौला खेतीको लागी बलौटे दोमट माटो उपयुक्त हुन्छ । माटोमा प्रशस्त मात्रामा प्राङ्गरिक बस्तु र पी.एच.मान ५.८.-७.५. हुनु पर्दछ ।

घिरौलाका धेरै स्थानीय जातहरुको खेती गरिन्छ । उन्नत जातहरु मध्ये कान्तिपुर, नारायणी र पुसा चिल्ले बढी प्रचलित छन् । घिरौला तरकारीखानको लागि मात्र प्रयोग नभई यसको औषधिय महत्व पनि रहेको छ ।

यसलाई गर्मी समयमा हामीले तरकारी बनाएर खाँदा खेरी हाम्रो पेटमा भएको समस्यालाई हटाउन मद्धत गर्छ भने शरीरमा भएको मोटोपनलाई पनि हटाउन सहयोग गर्ने गर्छ । यसको सेवनले खानामा रुचि बढ्छ । यसले मुटु तथा पेटका रोगीलाई फाइदा गर्दछ ।

यस्ता छन् घिरौलाका फाइदा

  • -शरीरमा रहेका विशाक्त वस्तुहरुलाई ‍हटाई रगत शुद्ध गर्ने र कलेजो स्वस्थ राख्न मद्दत गर्छ।
  • – रगतका नलीहरु बन्द हुनबाट बचाउनुका साथै आमाशयको कार्यमा पनि सहयोग गर्छ।
  • – जन्डिस जस्तो बिमारीको हकमा पनि यसले फाइदा गर्छ।
  • – चिल्लो पदार्थ तथा कोलेस्टेरोल मात्रा न्यून हुने हुनाले यसले मोटोपना कमी गर्न पनि सहयोग गर्छ।
  • – पानीको मात्रा बढी हुने हुनाले यसले पानीको कमी हुन दिँदैन।
  • – यसमा रहेको इन्सुलिन जस्तो पदार्थले रगत र पिसाबमा रहेको चिनीको मात्रालाई घटाउन मद्दत गर्छ।
  • – यसमा रहेको बेटा क्यारोटिनले आँखाको दृष्टि बढाउन मद्दत गर्छ।
  • – यसको प्रयोगले छालाको सौन्दर्यमा वृद्धि गर्ने र डण्डीफोर जस्ता संक्रमण हुनबाट बचाउँछ।
  • -यसको नियमित प्रयोगले पेटमा हुने अम्लीयपन तथा अल्सर हुनबाट बचाउँछ।
  • – यसमा एन्टिबायोटिक एन्टिअक्सिडेण्ट तथा एन्टिफंगल गुणहरु पनि रहेको हुन्छ।

सम्बन्धित समाचार

Leave a Comment