‘सम्झिनी पानी छम्किनी’को तीज भर्सनमा करिश्मा र भुवनको धमाकेदर अभिनय (भिडिओ)

काठमाण्डौं । गायक सम्राट चौलागाईंले करिब पाँच पहिना पहिले ‘सम्झिनी पानी छम्किनी’ बोलको गीत दर्शकमाझ ल्याएका थिए। युट्युबमा ८० लाख भ्युज पाउन सफल यो गीतको हालै तीज भर्सन पनि बनेको छ।

गीतमा सम्राट चौलागाईलाई गायिकाहरु रचना रिमाल, स्मिता दहाल, ममता गुरुङले साथ दिएका छन्। तीजको सन्दर्भ पारेर शनिबार सार्वजनिक गरिएको यस गीतमा सिनेमाका चर्चित कलाकारहरुकाे जमघट देख्न पाइन्छ।

भिडिओमा दीपाश्री र भुवनका साथमा आकाश श्रेष्ठ, स्वस्तिमा खड्का, गीता ढुङ्गानाजस्ता कलाकार र गायक सम्राट स्वयम्ले पनि अभिनय गरेका छन्।

राजधानीमा भएको गीत सार्वजनिक कार्यक्रममा अभिनेता भुवन केसी र दिपाश्री निरौलाले रिल रोमान्सका रमाइला किस्साहरु सुनाएका थिए। उनीहरुले सञ्चारकर्मीमाझ नाचेर समेत रमाइलो माहोल बनाएका थिए।

चार पुस्ताको प्रतिनिधित्व गराएर तयार गरिएको गीतको भिडियोमा बालकलाकारहरु जेभिन र जेभिस श्रेष्ठसँगै आस्युमी ढकालले पनि अभिनय गरेका छन्। भिडियो हेर्नुहोस्ः

सम्बन्धित समाचार

Leave a Comment