युनियन लाइफ र मनकामना स्मार्टको आइपीओ सूचीकृत, ओपनिङ रेट कति ?

१७ साउन, काठमाडौं : युनियन लाइफ इन्सुरेन्स र मनकामना स्मार्ट लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । युनियन लाइफको आइपीओसहित चुक्ता पुँजीका आधारमा कायम २ करोड १५ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो ।

नेप्सेले यस इन्सुरेन्सको पहिलो कारोबारका लागि ११५ रुपैयाँ १३ पैसादेखि ३४५ रुपैयाँ ३९ पैसासम्म रेन्ज तोकिदिएको छ । सोमबार सोही रेन्ज भित्र रहेर युनियनको पहिलो कारोबार खुल्नेछ ।

युनियनले सेयर कारोबारका लागि ‘युएलआई’ संकेत पाएको छ । युनियन लाइफले असार २४ गतेदेखि २८ गतेसम्म कुल ६४ लाख ५० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । यता, मनकामना स्मार्ट लघुवित्तको आइपीओ पनि नेप्सेमा सूचीकृत भएको छ ।

यसको कुल १२ लाख ११ हजार ५०० कित्ता सूचीकृत भएको हो । जसमा असार १७ गतेदेखि २१ गतेसम्म बिक्री भएको ३ लाख ८९ कित्ता आइपीओ पनि समावेश छ ।

नेप्सेले मनकामना स्मार्टको पहिलो कारोबारका लागि ११० रुपैयाँ ८४ पैसादेखि ३३२ रुपैयाँ ५२ पैसा सम्म रेन्ज दिएको छ । सोमबार सोही रेन्ज भित्र रहेर मनकामनाको पहिलो कारोबार खुल्नेछ । मनकामना स्मार्टको सेयर कारोबार ‘एमकेएलबी’ संकेतबाट हुनेछ ।

सम्बन्धित समाचार

Leave a Comment