फिल्म ‘कविर सिंह’ बाट चर्चामा आएकी कियारा — उनलाई १० तस्बिरमा हेर्नुहोस्

काठमाण्डौं । कियारा आडवाणीले आफ्नो ३० औं जन्मदिन मनाएकी छन् । ३१ अगस्ट सन् १९९२ मा जन्मिएकी उनले चलचित्र ‘फुगली’बाट बलिउड यात्रा थालेकी थिइन् । उनले छोटो समयमै केहि हिट चलचित्र दिइसकेकी छन् ।

अहिलेकी सर्वाधिक चर्चित र भाग्यमानी अभिनेत्री मानिने कियाराको चलचित्र यात्रा निकै लोभलाग्दो छ । उनले काम गरेका चलचित्रहरुमा सबैभन्दा चर्चित ‘कविर सिंह’ले ५ सय करोड भन्दा माथीको व्यापार गरेको थियो ।

त्यसपछि उनले अक्षय कुमारसँग अर्को हिट चलचित्र ‘गुड न्युज’मा काम गरिन् । यो चलचित्रको व्यापार पनि झण्डै ५ करोड हाराहारी थियो । उनै चर्चित अभिनेत्री कियारा चलचित्र उद्योगमा आउनुअघि के काम गर्थिन् ? धेरैका लागि चासोको विषय बन्न सक्छ ।

केहि समय अघि एक चलचित्रको प्रमोशनका क्रममा उनले आफु चलचित्र क्षेत्रमा आउनुअघि एक ‘प्ले स्कुल’ मा बच्चा हेर्ने काम गर्ने गरेको बताएकी थिइन् ।

उनकी आमाले संचालन गर्दै आएको उक्त स्कुलमा बच्चाको रेखदेखमा समय खर्चिने गरेको कियाराले बताएकी थिइन् । बिहान ७ बजेबाटै स्कुलमा जाने र बच्चाको हेरचाहमा समय दिने गरेको उनको भनाई छ ।

उनले भनेकी छन्, ‘सकेको उनीहरुलाई पढाउँथे । बच्चाको डायपर समेत चेन्ज गरिदिन्थे । मलाई बच्चाबच्ची निकै मन पर्छ ।’ बलिउड मिडियाका अनुसार हाल उनी अभिनेता सिद्धार्थ मल्होत्रासँग गुपचुप रुपमा डेटमा रमाइरहेकी छन् ।

उनै सिद्धार्थसँग यतिबेला कियाराले चलचित्र ‘शेरशाह’को छायांकन समेत गरिरहेकी छन् । यो चलचित्रको प्रदर्शन मिति भने अहिलेसम्म तय भइसकेको छैन ।२. ३. ४. ५. ६. ७. ८. ९. १०

सम्बन्धित समाचार

Leave a Comment