अस्ट्रेलियामा बस्ने नेपालीद्वारा बाढी पी’डितलाई सहयोग

मेलम्ची नगरपालिका वडा-११ स्थायी घर भई हाल अस्ट्रेलियामा रहेका देवराज दुलालको सक्रियतामा संकलित रकम प्रभावितहरुलाई हस्तान्तरण गरिएको छ ।

एनआरएनए अस्ट्रेलिया सिड्नी, भिजन फर मोटिभेसन असपाली ग्रुप तथा नेपालीहरुबाट दुई लाख ७५ हजार संकलन गरी पठाइएको वितरणमा सहजीकरण गर्नुहुने चुडामणि दुलालले जानकारी दिए ।

एनआरएनएबाट नगरको राहत कोषमा यसअघि नै जम्मा गरिएको ८५ हजार र आज ५० हजार गरी एक लाख ३५ हजार प्रदान गरिएको छ भने बजार व्यवस्थापन समितिलाई ५० हजार र रेडियो मेलम्चीलाई २० हजार प्रदान गरिएको छ ।

सोमबार मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याललाई चुडामणि दुलाल र योगप्रसाद दुलालले सहयोग राशिको चेक हस्तान्तरण गरे । प्रमुख अर्यालले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले सहयोग ग्रहण गर्दै रेडियोप्रति सद्भाव राख्ने सबैप्रति आभार प्रकट गरे । बाँकी रकम घर पूर्ण क्षति भएकालाई प्रदान गरिने पनि वितरण संयोजन गरिरहेका चुडामणि दुलालले जानकारी दिएका छन् । रासस

सम्बन्धित समाचार

Leave a Comment