मास्टर्स पढ्न श्रृंखला अमेरिका प्रस्थान, एयरपोर्टमा सिसनले गरे यसरी बिदाई (भिडियोसहित)

काठमाण्डौं । सोमबार बेलुका त्रिभुवन विमानस्थल हुँदै पूर्वमिस नेपाल श्रृंखला खतिवडा अध्ययनका लागि अमेरिका प्रस्थान गरेकी छिन् । अमेरिकाको हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न श्रृंखला अमेरिका गएकी हुन् ।

श्रृंखलालाई बिदाई गर्न एयरपोर्टमा सिसन बानियाँ र परिवारका केही सदस्य विमानस्थल पुगेका थिए ।  सिसन र परिवारले उनलाई शुभकामना दिए र मुस्कान साटासाट गरे । सिसनले श्रृंखलालाई आंलिगन गर्दै शुभयात्रा भनेका हुन । एयरपोर्टमा समेत श्रृंखला र सिसनको प्रेम छचल्किएको देखिन्थ्यो ।

न्यूयोर्कमा अवतरण भएपछि श्रृंखला त्यहाँ आयोजना हुने मिस नेपाल नर्थ अमेरिका ब्यूटी पेजेन्टमा जज बनेर सहभागि हुनेछिन् । श्रृंखलालाई आयोजकले अतिथिको रुपमा बोलाएका छन् ।

खासमा श्रृंखला खतिवडा अमेरिकाको हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न त्यहाँ गएकी हुन् । आर्किटेक्चरमा स्नातक गरेकी श्रृंखलाले थप अध्ययनका लागि भन्दै अमेरिका गएकी हुन् । भिडियो हेर्नुहोस्ः

 

सम्बन्धित समाचार

Leave a Comment