रणबीर कपूरले जब दीपिका मेरा लागि दाल-भात जस्तै थिइन भने …

एजेन्सी / यो सबैलाई थाहा छ कि बलिउडका रणबीर कपूर र दीपिका पादुकोण कुनै एक समयमा प्रेम सम्बन्धमा थिए। दुवैले सार्वजनिक रुपमै आफू हरु प्रेम सम्बन्धमा रहेको बताएका थिए।

उक्त जोडी लाई दर्शकहरुको प्रेम समेत मिलेको थियो। धेरै चलचित्रमा रणबीर र दीपिकाको जोडी लाई दर्शकले रुचाएका थिए।दीपिका रणबीर लाई यति सम्म प्रेम गर्थिन् कि उनले आफ्नो गर्दनमा ट्याटु नै बनाएकी थिइन्।

रणबीर पनियो दीपिकालाई कम मायाँ गर्दैनथे। विभिन्न अवसरमा उनले दीपिका प्रति आफ्नो प्रेम दर्साइसकेका छन्।एक अन्तर्वार्तामा उनले दीपिका आफ्ना लागि दाल-भात जस्तै रहेको बताएका थिए।

घर बाहिर हुँदा जति नै स्याण्डविच, बर्गर खाएपनि पेट भर्न दाल-भात नै चाहिएजस्तै दीपिका पनि आफ्नो लागि त्यस्तै रहेको बताएका थिए।“घर बाहिर हुँदा जति नै स्याण्डविच, बर्गर खाएपनि घर पुगेपछि हामीलाई पेट भर्न दाल-भात नै चाहिन्छ।

,एक अन्तर्वार्तामा रणबीरले भनेका थिए,”हो मेरा लागि दीपिका पनि त्यति हुन्। मेरा लागि दीपिका घरको दाल-भात जस्तै थिइन्।”विभिन्न कारणले गर्दा दीपिका र रणबीरको सम्बन्ध लामो समय चल्न सकेन।

ब्रेकअप भएपछि पनि दीपिका र रणबीरले एक अर्का प्रति सम्मान जताउने गरेका छन्। रणबीर दीपिकालाई बलिउडकै टप नायिकाको रुपमा लिन्छन्। केहि अन्तर्वार्ताहरुमा उनले दीपिका प्रति सम्मान रहेको स्पष्ट रुपमा बताइसकेका छन्।

ब्रेकअप पछि टुटेकी थिइन् दीपिका

सम्बन्ध टुटेपछि दीपिकालाई पर्नु पिर परेको थियो। त्यससमयमा उनी डिप्रेशनमा समेत गएको बताउने गरिन्छ। डिप्रेशनबाट बाहिर निस्किन उनलाई लामो समय नै लागेको थियो।

पछि चलचित्र ‘रामलीला’मा उनको भेट रणवीर सिंहसँग भयो। सोहि चलचित्र पश्चात उनीहरु नजिक भए र ६ वर्ष एकअर्कालाई डेट गरे। सन् २०१८ मा उनीहरुको विवाह भयो। अहिले रणबीर कपूर आलिया भट्टसँग प्रेम सम्बन्धमा छन्।

सम्बन्धित समाचार

Leave a Comment