बाबु सैफ र आमा अमृताको डिभोर्सको बारेमा बोलिन् सारा, भन्छिन्- ‘जे भयो राम्रै भयो’

एजेन्सी । बलिउड अभिनेत्री सारा अली खान ‘फीट अप विथ द स्टार्स’को सीजना ३ मा देखिने भएकी छिन् । सेफ अली खान र अमृता अरोराकी छोरी सारा अली खान । छोटो समयमा नै उनले आफ्नो स्टारडम बनाउन सफल भएकी छन् । उनी व्यस्त अभिनेत्रीका रुपमा परिचित छन् ।

‘फीट अप विथ द स्टार्स’को सीजना ३ को आगामी एपिसोडमा सारा आफ्नो बाबुआमाको र परिवारको इक्वेशनको बारेमा कुराकानी गर्नेछिन् ।  उनले आफ्नो आमा बुबाको डिभोर्सबारेमा र त्यो समयमा आफूलाई भएको प्रभावबारे बताउने भएकी छिन् ।

उनले भनेकी थिइन्,‘मेरो माता पिता बिन्दास व्यक्तिहरु हुन् । तर, व्यक्तिगत रुपमा उनीहरु खुसी रहन चाहने व्यक्तिहरु रहेका थिए । उनीहरुले यो कुरा बुझ्न १३ वर्ष लगाए । अन्ततः आफ्नो आफ्नो खुसीका लागि उनीहरुले डिभोर्स गरे । उनीहरु छुट्टिए पछि पनि खुसी छन् । म पनि खुसी छु ।’

उनले अगाडि भनेकी थिइन्, ‘म आमासँग बस्दै आइरहेकी छु । उनी मेरो मिल्ने साथी हुन् । त्यस्तै बुबाले मलाई हरेक कुरामा साथ दिदै आइरहनु भएको छ । त्यो समय नै त्यस्तै थियो । उनीहरु अलग बसेर आफ्नो आफ्नो काममा व्यस्त रहेका छन् । सायद खुसी पनि छन् ।’

आफ्नी आमा अमृता निकै सहयोगी रहेको समेत उनले बताइन् । सन् १९९१ को अक्टोबरमा अमृता र सेफले परिवारको मर्जी बेगर विवाह गरेका थिए ।

सन् २०१४ मा अमृताले बच्चाहरु आफुसँग राख्ने सर्तसहित सेफ अली खानसँग डिभोर्स गरेकी थिइन् । सन् २०१२ मा सेफअली खानले करिना कपुरसँग विवाह गरेका थिए । उनीहरुको दुइ सन्तान पनि रहेका छन् ।

सम्बन्धित समाचार

Leave a Comment