आज जन्मदिन मनाउँदै रीमा विश्वकर्मा !

काठमाण्डौं, २१ साउन । रीमा विश्वकर्मा पछिल्लो समयकी चर्चित नायिका तथा मोडल हुन् । उनी नायिका र मोडल भन्दापनि धेरै कार्यक्रम सञ्चालिकाको रुपमा परिचित छिन् । सन् १९८९ मा बर्दियाको गुलरियामा जन्मिएकी रिमा ७ कक्षामा अध्ययनरत छँदा टेलिझिजन कार्यक्रम ‘जाँदाजाँदै’बाट सञ्चार क्षेत्रमा आएकी हुन् ।

कार्यत्रम प्रस्तोता, मोडल, कार्यक्रम सञ्चालिका हुँदै चलचित्र अभिनयमा सक्रिय गरेकी विश्वकर्मा निकै गतिशील छन् । उनले नेपाल आइडल होस्ट गरेपछि कार्यक्रम सञ्चालिकाको रुपमा पनि उनको सर्वत्र चर्चा हुन थालेको थियो ।

रीमाले नेपाल आइडल पछि नेपाल आइडल २ र कमेडी च्याम्पियन २ पनि होस्ट गरिकसेकी छिन् । आज उनै रीमाको जन्मदिन रहेको छ । रीमाको जन्मदिन परेकाले उनलाई सामाजिक सञ्जालमा चलचित्रकर्मी तथा फ्यानले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

हाम्रो तर्फबाट पनि रीमालाई जन्मदिनको धेरै धेरै शुभकामना ।२.३. ४. ५. ६.

सम्बन्धित समाचार

Leave a Comment