अमेरिकामा एक हप्तामा २ नेपाली युवाको मृ’त्यु, शव नेपाल पठाउन आर्थिक सहयोग संकलन गरिँदै

न्युयोर्क– एक हप्ताकै अन्तरालमा संयुक्त राज्य अमेरिकामा २ जना नेपाली युवकको मृ’त्यु भएको छ। जुलाइ २७ र २८ तारिखमा अमेरिकामा २ जना युवकको मृ’त्यु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले जानकारी दिएको छ।

जुलाइ २७ तारिखमा अमेरिकाको न्युयोर्कमा २८ वर्षीय विपीन लम्सालको मृ’त्यु भएको थियो। घरमा नै रहेको समयमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नजिकैको एलमस्ट अस्पताल पुर्‍याइएको केही समयमा नै अस्पतालले विपिनलाई मृत घोषणा गर्‍यो । पर्वत जिल्ला जन्म घर भएका लम्साल २०१६ मा अमेरिका पुगेका थिए।

विपीनको मृत्यु भएको १ दिनपछि (जुलाइ २८)मा अर्का नेपाली युवक २२ वर्षीय सृजन कुँवरको मृ’त्यु भएको एनआरएना अमेरिकाका प्रवक्ता तोया दाहालले जानकारी दिएका छन्।

विसकन्सिनस्थित नर्थ पिटर्स एभिन्यु फोन्डल्याक बस्दै आएका कुँवर काममा रहेको समयमा नै अचानक मुर्छित भएपछि उपचारका नजिकैको बिएभर दम अस्पतालको आकस्मिक कक्षमा पुर्‍याएको थियो ।

सो अस्पतालले बिरामीको थप परीक्षण र उपचारका लागि अर्को ठूलो अस्पताल यूडब्लु म्याडेसन अस्पताल पठाएको थियो। यूडब्लु म्याडेसन अस्पतालमै उपचारका क्रममा कुँवरको मृ’त्यु भएको दाहालले जानकारी दिएका छन्।

काठमाडौं दक्षिणकाली नगरपालिका–४ बाँसवारी घर कुँवर डीभी परेर सन् २०१९ मा अमेरिका पुगेका थिए। अमेरिकामा ज्या’न गुमाएका दुवै युवाका परिवारले शव नेपाल पठाइदिन आग्रह गरेका एनआरएनए अमेरिकाका प्रवक्ता दाहालले जानकारी दिए।

दुवै युवाको शवलाई नेपाल पठाउन आफूहरुले सबै पक्षसँग समन्वय गरिरहेको उनले बताए। मृतक कुँवरको शव अहिले अस्पतालमै रहेको शव नेपाल पठाउन लाग्ने खर्च व्यवस्थापनका लागि एनआरएनए विसकनसिन च्याप्टरले गोफण्ड मार्फत सहयोगका लागि अपिल गरेको छ।

एनआरएनए विसकनसिन च्याप्टर अध्यक्ष दिपक थापाले दाताहरूले गोफण्डको लिङ्कमा गएर सहयोग गर्नसक्ने बताएका छन्। सहयोगका लागि यहाँ क्लीक गर्नुहोला ।

सम्बन्धित समाचार

Leave a Comment