ता’लीवानीले दिए महिला प्रस्तो’तालाई टेलिभिजन अन्तर्वार्ता (भिडियो)

एजेन्सी, १ भदौ । तालिवा’नका एक सदस्यले अफगा’निस्तानको एक टेलिभिजनमा महिला कार्यक्रम प्रस्तोतासँग अन्तर’र्वार्ता दिएका छन् । मंगलबार अफगा’निस्तानको सरकारी टेलिभिजन ‘टोलो न्युज’मा तालि’बानको मिडिया टिमका एक सदस्यले अन्तरवार्ता दिएका हुन ।

टोलो न्यूजकी कार्यक्रम प्रस्तोता बाहिश्ता अर्घायान्डसँग तालिवानी वरीष्ठ सदस्य अब्दुल हक हम्मादले अन्तरर्वार्ता दिएको भिडियो ‘टोलो न्यूज’को युट्युब च्यानलमा रहेको छ ।

कार्यक्रममा प्रस्तोता बाहिश्ताले अनुहार देखिने बुर्का लगाएकी छन् । साथै कार्यक्रम अवधी भर उनले निर्धक्कका साथ प्रश्न सोधेकी थिइन् ।

त्यसैगरी ‘टोलो न्यूज’को ट्वीटर ह्यान्डलमा अर्की महिला रिपोर्टरले सडकबाटै रिपोर्टिङ गरेको क्लिप पनि सार्वजनिक भएको छ । तालि’वानीहरु कट्टर इस्लामिक धर्ममा विश्वास राख्ने हुँदा महिलाहरु माथि प्रतिबन्ध लगाउने भन्दै सबैले अड्कल का’टेका थिए ।

अफगानिस्तानमा तालि’वानले कब्जा जमाएपछि महिलाहरु निकै चिन्तीत रहेका थिए । तर, टेलिभिजनमा पहिलो अन्तरर्वार्ता नै महिलासँग अन्तरर्वार्ता दिएको छ ।

यसले तालि’वानीहरुले महिलाहरु प्रति उदार भएको देखाउन खोजेको आंकलन गरिएको छ । अफगानिस्तानमा २० वर्ष अघिको तालि’वानीले महिलाहरु माथी धेरै कुरामा प्रतिबन्ध लगाएका थिए ।

भिडियो

सम्बन्धित समाचार

Leave a Comment