हरिवंशले गाए “कालु भेना” नाचे नाजिर र आँचल सँगै ( हेर्नुहोस भिडियो )

काठमान्डौ :  कला कार हरिवंश आचार्य सधै‌ं सक्रिय र सफल छन्। फरक विधामा काम गरिरहने उनी पछिल्लो समय निरन्तर गीत हरु सार्वजनिक गरिरहेका छन्। हालै आफ्नो स्वर र अभिनयमा माछी लाई खोलीको लेउ  गीत ल्याएका हरिवंशले नयाँ गीत सार्वजनिक गरेका छन्।

आज बिहीबार सार्वजनिक “ए कालु भेना” बोलको यो नयाँ गीत उनले गायिका मिलन नेवारका साथमा गाएका छन् । गीतमा हरिवश आचार्यको नै शब्द र संगीत रहेको छ। गीतमा किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाईलीको मिक्सिङ रहेको छ।

मौलिक अडियोको भिडियोलाई निर्देशक गम्भीर बिष्टले आकर्षक बनाएका छन्। हरिवंश आचार्य, नाजिर हुसेन, आंचल शर्मा र आर्यन खरेल भिडियोमा फिचर रहेका छन् ।

गाउघरको परिवेश र त्यहाको माहोललाई समेटेर गम्भीरले भिडियोको निर्देशन र कोरियोग्राफी निकै आकर्षक गरेका छन्। हरिवंशका गीत र भिडियोबाट अपेक्षित संदेश भिडियोमा प्राप्त गर्न सकिन्छ।

नवराज उप्रेतीले खिचेको भिडियोलाई भुप्रेंद्र अधिकारीले सम्पादन गरेका छन्। गज्जब टिभीको प्रस्तुती रहेको गीतको भिडियो गज्जब टिभीको अफिसियल युट्युवबाट रिलिज भएको छ।  हेर्नुहोस भिडियो

सम्बन्धित समाचार

Leave a Comment