भ्वाइसको अवार्डसहित अमेरिकामा किरणलाई भब्य स्वागत, आमाको अंगालोमा रोए (भिडियो)

काठमाण्डौं । भ्वाइस अफ नेपाल तेस्रो संस्करणको ताज जितेपछी किरण गजमेर पहिलोपटक आफ्नो परिवार संग खुसी साट्न अमेरिका पुगेका छन् । ग्रान्ड ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को फिनालेमा किरणले तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बनेका थिए।

उनले उपाधीसँगै २५ लाख रुपैयाँ जितेका छन् । उनी कोच प्रमोद खरेलको टिमका प्रतिस्पर्धी हुन् । अंगालोमा बाधिदा उनको आमाको गहभरी आशु भरिएको थियो ।

अमेरिका पुगेका उनलाई भब्य स्वागत गरिएको थियो । झापामा जन्मिएका किरण लामो समयदेखी अमेरिका बस्दै आएका थिए ।

भ्वाइसको बिजेता बने लगत्तै आफ्नो जन्मथलो भ्रमण गर्दै खुशी साटेका उनले भ्वाइसको मंचबाट २ ओटा र जन्मथलोमा स्वागत सम्मानको लागि आउदा अर्को एउटा एम्बुलेन्स थप गरि ३ ओटा एम्बुलेन्स दिने घोषणा गरेका थिए ।

हेर्नुस् स्वागत गर्दाको भिडियो

सम्बन्धित समाचार

Leave a Comment