दैलेखकि १९ वर्षीया युवती स्वस्तिका बनिन कांग्रेसको वडा सभापति…. ( तस्बिरसहित )

काठमान्डौ :  कर्णाली प्रदेशको दैलेखमा एक १९ वर्षीया युवती कांग्रेसको वडा सभापति बनेकी छिन्।। कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दैलेखको दुल्लु नगरपालिका- ३ मा १९ वर्षीया किशोरी स्वस्तिकाकुमारी महत वडा सभापतिमा निर्वाचित भएकी हुन् ।

वडा सभापतिमा निविरोध निर्वाचित भएकी स्वस्तिका नेपाली कांग्रेस दैलेखका स्वर्गीय नेता भुपेन्द्रजंङ्ग महतकी छोरी हुन् । १९ वर्षीया किशोरी वडा सभापति बनेपछि विपक्षी दललेसमेत प्रशंसा गरेका छन् ।

दैलेखको दुल्लु नगरपालिकाको वडा नम्बर ३ मा भएको अधिवेशनबाट महत सभापति बनेकी हुन्। ‘सबै अट्ने देश सबैलाई जोड्ने’ कांग्रेसको नीति अन्तर्गत उनलाई सभापति बनाइएको दुल्लु नगरपालिकामा कांग्रेसबाट मेयरमा विजयी भएका घनश्याम भण्डारीले बताए।

‘वडामा १९ वर्षेदेखि ७० वर्षेसम्मका आकांक्षी थिए। तर, उनले म नेतृत्व गर्छु भनेर अघि सरेपछि सर्वसम्मत रुपमा उनी निर्वाचित भएकी हुन्। सबैले उनैलाई सहयोग गरे’, भण्डारीले भने।

भण्डारीका अनुसार महत ‘एचए’ को पढाइ पूरा गरेर बसेकी हुन्। महतको पारिवारिक पृष्ठभूमि कांग्रेस नै हो। उनी दैलेखका कांग्रेसका स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी हुन्।

12 3

सम्बन्धित समाचार

Leave a Comment