मलेसियाबाट शनिबार एकैपटक २० नेपालीको श’व ल्याइयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाबाट २० नेपालीको श’व र अस्तुु एकै पटक आइपुगेको छ । वैदेशिक रोजगारीको सिलसिलमा मलेसियामा विभिन्न कारणले मृ’त्यु भएका आठ जनाको श’व र १२ जनाको अ’स्तु शनिबार नेपाल ल्याइएको हो ।

नेपाल एयरलाइन्सको वाइडबडीको विमानमार्फत मलेसियामा रोकिएका श’व र अस्तुु ल्याइएको वैदेशिक रोजगार बोर्डको सचिवालय मलेसियाले जनाएको छ ।

बोर्डका अनुसार कोभिड–१९ पछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकै पटक सङ्कलन गरेर ल्याउने गरिएको छ । बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीका अनुसार कोभिडका कारण मृ’त्यु हुनेको अस्तुु मात्रै ल्याइएको छ भने अन्य कारणले मृ’त्यु भएका श्रमिकको श’व ल्याइएको हो ।

विमानस्थलमा आइपुगेका आठवटा शवमध्ये एक श’व बौद्ध धर्म मान्ने भएकाले काठमाडौँको बौद्धमा पुर्याइएको थियो भने सातवटा श’व शनिबार नै मृ’तकको घरसम्म पठाइएको थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृ’त्यु भएका नेपालीहरुको शव बोर्डले निःशुल्क घरसम्म पुर्याउँदै आएको छ । श’वसँगै आएका अस्तुु भने सम्बन्धित मृ’तकका आफन्तले विमानस्थलसम्म आएर बुझ्नुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

मलेसियामा उडान भर्ने अन्य एयरलाइन्सले श’व नल्याउने र नेपाल एयरलाइन्सको वाइडबडी नियमित रूपमा मलेसिया नजाने भएकाले नेपालीको श’व लामो समयसम्म मलेसियामै रहने गरेको छ ।

मलेसियास्थित नेपाली दूतावासको तथ्यांकअनुसार गएको महिना अगस्टमा मात्रै मलेसियामा १ सय १२ जना नेपालीको मृ’त्यु भएको छ । त्यसमध्ये ९६ जनाको कोरोना सङ्क्रमणबाट मृ’त्यु भएको हो भने हृद’याघात, सवारी दु’र्घटना, अत्याधिक मदिरा सेवन, शरीरमा जटिल रोगले १६ जना नेपालीको मृ’त्यु भएको जनाइएको छ ।

सम्बन्धित समाचार

Leave a Comment